बर्दिबासमा खानेपानी चोरेर वर्षौँदेखि उद्योग सञ्चालन « Khabarhub

बर्दिबासमा खानेपानी चोरेर वर्षौँदेखि उद्योग सञ्चालन


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– पछिल्लो समय  बर्दिबासमा पानीको समस्या बढिरहेको बेला वर्षौँदेखि पानी चोरी गरेर उपभोग गरेको पाइएको छ । बर्दिवास साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निरीक्षण गर्ने क्रममा वर्षौ चोरी गरेर उद्योग नै सञ्चालन गरेको भेटिएको हो ।

९ बर्ष देखि टायल उद्योगमा एक व्यापारीले खानेपानी चोरी गरेर उद्योग सञ्चालन गरेको र अन्य धेरै चोरीका घटनाहरू फेला पारेको उपभोक्ता समितिले जनाएको छ ।

‘त्यस्ता धाराहरूको खोजी गरेर काट्दै चोरी गर्नेहरूलाई कारवाही प्रक्रिया अगाडि बढाएका छौ,’ समितिका कोषाध्यक्ष भोजराज फुँयालले भने ।
पानीको महसुल लामो समयदेखि नतिर्ने केही व्यापारी तथा ब्यक्तिहरूको धारा पनि काटिएको छ भने यो बिचमा ३० लाख बक्यौता उठाइएको अध्यक्ष भुलन सेनले जानकारी दिए ।

व्यापारी, व्यक्ति तथा उद्योगहरूले खानेपानी संस्थानलाई २ करोड १५ लाख बक्यौता बुझाउन बाँकी छ । संस्थानले पटक-पटक उक्त बक्यौताको विषयमा ताकेता गर्दा पनि अटेर गरेपछि धारा नै काट्ने प्रक्रिया अगाडि बढाइएको अध्यक्ष सेनले बताए ।

उनका अनुसार अहिलेसम्म नगरभित्र ८५ वटा धाराहरू काटिएको छ भने काट्ने क्रम जारी रहेको छ । काटेपछी केही संस्था तथा व्यक्तिहरूले केही रकम बुझाउन आएको र बाँकी रकम तिर्न समेत समयसीमा मागेको हुनाले पुनः जडान पनि गरिरहेको कोषाध्यक्ष फुँयालले जानकारी दिए ।

बर्दिवास वडा न.३ को गौरिडाडा, वडा न.१, वडा न.२ र वडा न.१४ का  बासिन्दालाई यस खानेपानी संस्थानले ५५४६ वटा धारा प्रदान गरिरहेको छ ।

यो बीचमा पानीको समस्या बढ्न थालेपछि  उपभोक्ता समितिले पानी चुहावट तथा चोरीका विषयहरूलाई निगरानी बढाएको हो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ८ : १३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल