वेस्ट ह्यामसँग टोटनह्याम २-१ ले पराजित « Khabarhub

वेस्ट ह्यामसँग टोटनह्याम २-१ ले पराजित


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ईङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले टोटनह्यामलाई स्तब्ध बनाएको छ । गएराती सम्पन्न खेलमा वेस्ट ह्याम युनाइटेडले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ११औ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको टोटनह्यामले आफ्नो अग्रता जोगाउन नसक्दा खेलमा हार बेहोरेको थियो । वेस्ट ह्याम पहिलो हाफमा १-० ले पछि रहेपनि दोस्रो हाफमा शानदार कमब्याक गर्दै खेल जितेको थियो ।

वेस्ट ह्यामको जितमा जारोड बोवेन र जेम्स वार्ड प्रवाउसले एक एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि क्रिस्टियन रोमेरोले एक गोल गरेका थिए । 

यो जितपछि वेस्ट ह्यामको १५ खेलमा २४ अंक भएको छ र लिगमा नवौं स्थानमा उक्लिएको छ । त्यसैगरी टोटनह्यामको भने यो यस सिजनमा चौथो हार हो । यो खेलपछि टोटनह्यामको १५ खेलमा २७ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ९ : ३६ बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ