इलामको सन्दकपुर क्षेत्रमा हिमपात « Khabarhub

इलामको सन्दकपुर क्षेत्रमा हिमपात


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

मंगलबारे– इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो । भारतसँग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा हिमपात भएको  स्थानीय लाक्पा शेर्पाले जानकारी दिए। उनका अनुसार हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

बिहीबार दिउँसोदेखि हिउँ पर्न सुरु गरेको र आज पनि बिहानैबाट हिउँ झरेको जनाइएको छ । सन्दकपुर जिल्लाकै अग्लो स्थान हो । यसको उचाइ तीन हजार छ सय ३६ मिटर रहेको छ । हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

बूढापाका तथा बालबालिकालाई समस्या भए पनि युवाहरू हिउँमा नै रमाउने गरेका छन् । दीर्घरोगी गोठमा नै बस्नेलाई समेत समस्या पर्ने गरेको छ । हिउँ परेपछि जिल्लाका अन्य क्षेत्रबाट हिउँ खेल्न पर्यटकसमेत जान थालेको बताइएको छ ।

घर बाहिरको काम गर्न समस्या भएको छ । वस्तुलाई घाँस काट्न समस्या भए पनि किसानलाई भने हिउँले राहत मिल्ने बताइएको छ । सुक्खा रहेको जमिन हिउँले लामो समयसम्म चिस्यान गराउने किसानको भनाइ छ ।

हिउँदका दिनमा पनि आक्कलझुक्कल हिउँ पर्ने भएपछि हिउँसँग रमाउनेसमेत उत्तिकै भेट्टिन्छन् । स्थानीय लाक्पा शेर्पाले हिउँ परेपछि पर्यटक बढ्ने बताएका छन्। उनले गएको वर्ष बाक्लो हिउँ नपरेको तर यस वर्ष सुरुदेखि नै हिउँ पर्न थालेको जानकारी दिए । हिउँ खेल्नका लागि जाने पर्यटककै कारण सो क्षेत्रका होटलसमेत भरिभराउ हुने गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १० : ४२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का