समाचार

काठमाडौं महानगरमा प्लास्टिकको क्रिसमस ट्रीको प्रयोगमा रोक

By खबरहब

December 08, 2023

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध गरेको छ।

वातावरणीय दिगोपनलाई प्रवर्द्धन गर्ने उद्देश्यले  महानगरपालिकाले आगामी चाडपर्वका लागि प्लास्टिकको क्रिसमस ट्रीको प्रयोगमा रोक लगाएको हो ।

महानगरपालिकाले काठमाडौंभरका सुपरमार्केटमा प्रदर्शनीबाट प्लास्टिक क्रिसमस ट्री हटाउने कार्यलाई तीव्रता दिएको छ ।तिहारमा प्लास्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि पनि प्रयोग गर्न रोक लगाएको छ ।

हरेक वर्ष २५ डिसेम्बरमा मनाइने क्रिसमस डे नेपाली पात्रो अनुसार यस वर्ष पुस ९ गते परेको छ । क्रिसमस डेको अवसरमा क्रिसमस ट्रिलाई झिलिमिली बत्तीले सजाएर राख्ने चलन छ ।

प्लास्टिकका क्रिसमस ट्रि, प्लास्टिकका फूल, माला र सजावटका अन्य सामग्री किनबेच नगर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ ।