एमालेको संकल्प यात्रा पोखरामा | Khabarhub Khabarhub

एमालेको संकल्प यात्रा पोखरामा


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

कास्की– नेकपा (एमाले)ले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज पोखरा आइपुगेको छ । 

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा महानगरपालिका–७ नुवारथोकस्थित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको मालिकमा माल्यार्पण गरेर सो अभियानको पोखरामा सुरु गरेका हुन् ।

यात्रामा रहेको टोलीलाई पोखराको जिरोकिमी र अमरसिंहचोकमा भव्य स्वागत गरिएको छ । सडकको किनारमा उभिएर पार्टीका नेता तथा कार्यकर्ताले यात्रामा रहेको टोलीलाई फूलमालाले स्वागत गरेका छन् । 

अमरसिंहचोकमा गण्डकी प्रदेशसभा सदस्य बेदबहादुर गुरुङले अध्यक्ष ओलीलाई अल्लोको धागोबाट बनेको भाङ्ग्रा लगाएर स्वागत गरे । पार्टी अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरू संकल्प यात्रामा रहेका छन् । 

पोखराको तालचोक र रुपा गाउँपालिकाको तालबेंसीमा स्वागत कार्यक्रममा सहभागी हुने टोली दिउँसो रुपा गाउँपालिकाको पिपले बजार हुँदै लमजुङ प्रस्थान गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिएका छन् ।

एमाले अध्यक्ष ओलीसहितको संकल्प यात्राको टोलीलाई बिहीबार साँझ कास्की र पर्वतको सीमास्थल नयाँ पुलमा बाजागाजासहित स्वागत गरिएको थियो । कास्की प्रवेश गरेको सो टोलीलाई मध्यपहाडी राजमार्गन्तर्गत अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत तथा हेम्जामा स्वागतसहित सभा गरिएको हो । 

सो सभामा अध्यक्ष ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताएका थिए । उनले राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको बताए । 

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १२ : २६ बजे

सिंहदरबारमा कार्यदलको बैठक सुरु

काठमाडौं–  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार

डढेलोले बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति

गलकोट– डढेलोका कारण दुई महिनामा बागलुङमा दुई हजार एक सय

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि खेलकुद प्रतिष्ठानलाई

खोटाङ– दिक्तेलमा बिहीबार सम्पन्न राष्ट्रिय कराते प्रतियोगिताको उपाधि  नेपाल खेलकुद

आर्यनको फिल्म यात्रा : डेब्यूमा १० हजार, ६० को दशकका महँगा हिरो

काठमाडौं – नेपाली फिल्म क्षेत्रकै पहिलो ‘चकलेटी हिरो’ हुन् –

सिरोहियालाई म्याद थप गर्न अदालत लगिँदै

जनकपुरधाम– नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश