मोरङमा सीमा स्तम्भको मर्मतसम्भार थालियो « Khabarhub

मोरङमा सीमा स्तम्भको मर्मतसम्भार थालियो


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मोरङमा सशस्त्र प्रहरी बलले सीमा स्तम्भहरुको मर्मतसम्भार, रङ्गरोगन र पुनर्स्थापना गर्ने कार्य सुरु गरेको छ ।

शुक्रबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नं १८ दामादिगीस्थित १७७ नम्बरको पिलर मर्मतसम्भार गरेर यसको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सीमा क्षेत्रको सुरक्षा गर्न स्थानीयहरुको पनि महत्वपूर्ण भूमिका हुने बताए । उनले सीमा क्षेत्रमा हुने गरेको लागूऔषधको ओसारपोसार र मानव बेचबिखन ठूलो समस्या बन्दै गएकोले यसलाई सुरक्षा निकायको समन्वय र स्थानीयको साथबाट समाधान गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, कार्यक्रममा सशस्त्र प्रहरी बल बराह बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले स्थानीयको सहयोग बेगर सीमा सुरक्षा सम्भव नभएको बताए । उनले देशको आन्तरिक सुरक्षालाई मजबुत बनाउन राज्यले सीमा सुरक्षा बलियो बनाउनुपर्ने जिकिर गरे ।

सशस्त्र प्रहरी बल ३ नं कंकालिनी गणले मोरङका ३७ वटा बिजोर नम्बरका पिलरहरु मर्मत सम्भार र रङ्गरोगन गर्ने जिम्मा पाएको हो । मोरङको भारतसँग रहेको ६३ किलोमिटर सिमा क्षेत्रमा १ सय २३ वटा साना ठूला पिलरहरु रहेकोमा ६५ वटा जोर नम्बरका पिलरहरु भारतीय सशस्त्र सुरक्षा बल एसएसबीले मर्मतसम्भार र रङ्गरोगन गरिसकेका छन् । मोरङको सीमाक्षेत्रका २३ वटा पिलरहरु भने हराएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १ : ५४ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले