उपभोक्तालाई आधुनिक सेवा दिँदै डिजिटल नेपालको लक्ष्य हासिल गर्न योगदान पुर्‍याउँछौँ : एनसेल « Khabarhub

उपभोक्तालाई आधुनिक सेवा दिँदै डिजिटल नेपालको लक्ष्य हासिल गर्न योगदान पुर्‍याउँछौँ : एनसेल


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ८० प्रतिशत स्वामित्व नेपाली मूलका लगानीकर्ताले लिने सम्झौता भएसँगै एनसेलले उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरू हासिल गर्न योगदान पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ ।

एनसेलले विज्ञप्ति जारी गर्दै आजको दिनसम्मका सबै कर दायित्वहरू सम्पूर्ण रूपमा पालना गरेको र यसको प्रमाणीकरण कर कार्यालयबाट भएको र आफ्नो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गर्ने पनि उल्लेख गरेको छ । ‘यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरूलाई एनसेल एक जिम्मेवार वित्तीय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौँ ।’ एनसेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी आवश्यक सहमतिहरूका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेका छौँ ।’

स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मूलका शेयर धनी सतिशलाल आचार्यले भने, ‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो । शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो । सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात् सन् २०२९ सम्म थप लाभहरू नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ । यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्नेछ । यस बाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्‍याउने छ ।’ पारदर्शिता सुनिश्चित गर्दै आफ्नो प्रेस विज्ञप्तिहरूमा कारोबारको विस्तृत विवरण प्रदान गरेको पनि जनाएको छ ।

‘एनसेलमा केही परिवर्तनहरू भइरहेको बेला हाम्रा ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने सुनिश्चित गराउन चाहन्छौँ । एक जिम्मेवार कम्पनीको रूपमा आफ्ना सबै ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौँ ।’ विज्ञप्तिमा भनिएको छ, ‘लाखौं नेपालीहरूको जीवनलाई समृद्ध बनाउने उद्देश्य अनुरूप परिष्कृत डिजिटल सेवाहरूमार्फत दृढ इच्छा र क्षमताका साथ अझ सशक्त रूपमा अघि बढ्न एनसेल तयार छ । मोबाइल कनेक्टिभिटी सेवामा मात्र सीमित नभई विभिन्न सेवाहरू प्रदान गर्न हामी हाम्रो नेटवर्कको पूर्वाधार विकासलाई निरन्तरता  दिने छौँ र यससँगै देशमा प्रविधिले ल्याउने महत्त्वपूर्ण अवसरहरूको पनि सिर्जना हुनेछ ।’

नयाँ यात्राको सुरुवात एक परिवर्तन मात्र नभई यसले डिजिटल नेपाल निर्माणको अवधारणालाई सक्रिय रूपमा योगदान पुर्‍याउने एनसेलको भनाइ छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ४ : ४६ बजे

फोहर व्यवस्थापन सुधार गर्न सञ्चारमन्त्रीको निर्देशन, बञ्चरेडाँडाका समस्या समाधानमा जोड

काठमाडौं– बञ्चरेडाँडा फोहर व्यवस्थापनस्थलमा देखिएका समस्या समाधान गर्न सूचना तथा

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश