खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न | Khabarhub Khabarhub

खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूएनडीपी नेपालको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघले आयोजना गरेको खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल एपीएफ रङ्गशालामा सम्पन्न प्रतियोगितामा ९२ जना सहभागी थिए ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने  अन्तर्राष्ट्रिय अभियानको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा उत्कृष्ट १० जनालाई प्रमुख अतिथी यूएनडीपीकी आइशानी मेदागाङ्गोडा लाबे र सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्यालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगतिामा विभिन्न विद्यालयका छात्रछात्राहरुको उपस्थिती हुनुको साथै प्रतियोगीहरुले लैङ्गिक समानता, समता र महिला सशक्तीकरणसम्बन्धी चित्रकला प्रस्तुत गरेका थिए ।

निरन्तर रुपमा विभिन्न समाजसेवाका कार्यहरु गर्दै आईरहेको सशस्त्र प्रहरी परिवार महिला संघले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नारालाई अघि सार्दै प्रतियोगितको आयोजना गरेको हो ।

प्रतियोगितामा नेपालस्थित भारतीय, श्रीलंकाली र दक्षिण कोरियाली राजदूतावासका प्रतिनिधीलगायत संघका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ६ : २६ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो