भारत र चीनसहित २० देशका नागरिकलाई बिना भिसा प्रवेश दिने इण्डोनेसियाको तयारी « Khabarhub

भारत र चीनसहित २० देशका नागरिकलाई बिना भिसा प्रवेश दिने इण्डोनेसियाको तयारी


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

जकार्ता- इण्डोनेसियाले भारत र चीनलगायत २० देशका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ । पर्यटनमन्त्री सान्डियागा उनोका अनुसार विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले इण्डोनेसिया सरकारले यस्तो नीति लागू गर्न लागेको हो ।

“फ्रि भिसा नीति आर्थिक प्रभाव, पारस्परिकताको सिद्धान्त र सुरक्षा पक्षसहित केही अन्य विचारहरूमा आधारित छ”, उनोले राजधानी जकार्तामा राष्ट्रपति जोको विडोडोसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा भने ।

यसो भएमा अमेरिका, चीन, अस्ट्रेलिया, भारत, दक्षिण कोरिया, जर्मनी, बेलायत, फ्रान्सलगायतका २० देशका पर्यटकलाई इण्डोनेसिया प्रवेश गर्न भिसा चाहिने छैन ।

आधिकारिक रूपमा लागू गर्नुअघि सो नियमावलीलाई एक महिना अगाडि नै अन्तिम रूप दिने उनले जनाए । इण्डोनेसियाले सन् २०२४ मा १ करोड ४० लाख विदेशी पर्यटकहरू भित्र्याउने गर्ने लक्ष्य राखेको छ । यदि त्यसो भएमा देशको अर्थतन्त्रमा २०० ट्रिलियन रुपैयाँसम्म योगदान पुग्नसक्ने अपेक्षा गरिएको छ ।

“आशा छ हामीले सो लक्ष्यमा पुग्न पर्यटक आगमनको सङ्ख्या बढाउन सक्छौँ । विशेष गरी उच्च खर्च गर्ने पर्यटकहरूलाई लक्षित गरेर स्थानीय अर्थतन्त्र सुधार गर्न सक्छौँ’’ उनोले भने ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ६ : ३८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार