नेपाल उद्योग परिसङ्घले ‘स्टार्टअप फेस्ट’ गर्ने « Khabarhub

नेपाल उद्योग परिसङ्घले ‘स्टार्टअप फेस्ट’ गर्ने


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल उद्योग परिसङ्घ अन्तरगतको युवा उद्यमी मञ्चले आगामी पुस ७ गते ‘स्टार्टअप फेस्ट’ आयोजना गर्ने भएको छ ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नबिल बैंक प्रिजेन्ट्स सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ आयोजना गर्न लागिएको हो । नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने, नविन सोंच भएका स्टार्टअपलाई लगानी जुटाउन सहयोग गर्ने, मेक इन नेपाल स्वदेशी अभियानको प्रवर्द्धन एवं नीतिगत बहस गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेष्ट आयोजना गर्न लागिएको हो ।

स्टार्टअपलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहँदै आएको छ । नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अङ्गको रुपमा स्थापित गराउन उनीहरुलाई लगानी जुटाएर प्रोत्साहन गरिनेछ । साथै नीतिगत सुधार एवं नीति निर्माणका लागि सरोकारवालाबीच गहन छलफल गरिनेछ । स्टार्टअप प्रबर्द्धनमा विदेशमा भइरहेका सफल अभ्यास तथा उपलब्धिका विषयमा पनि विभिन्न सत्रमा छलफल हुनेछन् ।

सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ मा दुई सय ५० भन्दा बढी स्टार्टअप्सले लगानीका लागि परियोजनासहित प्रस्ताव पेश गरेका छन् । त्यसमध्ये आयोजक युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० देखि १२ वटा उत्कृष्ट स्टार्टअप्सलाई फेष्टमा प्रस्तुतीकरणको अवसर प्रदान गरिनेछ । सो प्रस्तुतीकरणको आधारमा लगानीकर्ता कम्पनीले लगानीको प्रतिबद्धता जनाई आसयपत्रमा हस्ताक्षर गर्नेछन् ।

पुँजी लगानीका लागि टेलिभेन्चर, एनआइएमबी एस क्यापिटल, रिलायबल भेन्चर, लोटस होल्डिङ, अल्फा प्लस भेन्चर, हिमालयन क्यापिटल, टिम भेन्चर, ग्लोबल इक्वीटी फण्ड, अध्यान्ता फण्ड म्यानेजमेन्ट, नियोटेरिक नेपालले प्रतिबद्धता समेत जनाइसकेका छन् ।

स्वदेशी एवं विदेशी विज्ञबाट स्टार्टअपको विषयमा प्रस्तुति हुने फेष्टमा विभिन्न विषयमा समूहगत छलफल हुनेछ । यसैगरी मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध स्वदेशी कम्पनीको प्रदर्शनी एवं स्टार्टअप्सले आफ्ना वस्तु तथा सेवाको प्रदर्शनी पनि गर्नेछन् ।

स्टार्टअपको टाइटल स्पोन्सरमा नबिल बैंक लिमिटेड रहेको छ । स्टार्टअपको पहिलो संस्करण सन् २०२२ मा आयोजना गरिएको थियो । सो फेष्टमा रु २४ करोड ५० लाख बराबरको लगानी जुटाउन पनि सफल भएका परिसङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ८ : ५३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल