‘जिगर’ मा आलियाको एक्सन भूमिका « Khabarhub

‘जिगर’ मा आलियाको एक्सन भूमिका


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनापछि बलिउडमा एक्सन फिल्मले राम्रो ब्यवसाय गरेको छ । पहिले ‘पठान’, त्यसपछि ‘गदर २’, ‘जवान’ र अहिले ‘एनिमल’ ले पनि राम्रो व्यवसाय गरेको छ । यी सबै फिल्ममा अभिनेताको एक्सन रहेको थियो ।

अभिनेताको एक्सन सफलतापछि अब फिल्म मेकर अभिनेत्रीको एक्सन फिल्म निर्माणमा जुटेका छन् । नयाँ बर्ष अर्थात २०२४ को सुरुवातमै अभिनेत्री आलिया भट्ट एक्सन फिल्ममा देखिनेछिन् । भट्टले यो वर्ष दुई एक्सन फिल्म दिने चर्चा छ ।

दुई मध्ये पहिलो फिल्म धर्मा प्रोडक्सनको ‘जिगर’ रहेको छ, भने दोस्रो यशराजको अनटाइटल प्रोजेट रहेको छ । फिल्म ‘जिगर’ को बिषयमा अहिले केही जानकारी पनि आएको छ ।

समाचारका अनुसार फिल्ममा आलियाको भूमिका केही पनि रोमान्टिक एङ्गल नभएको बताइन्छ । फिल्ममा उनी आफ्नो भाइको रक्षामा उत्रिनेछिन् । आलियाको भाइको भूमिकामा वेदान्ग रैना रहेका छन् ।

वेदान्ग यसको अलवा नेटफ्लिक्सको फिल्म ‘द आर्चीज’ मा देखिनेछन् । फिल्ममा मनोज पाहवाको पनि अभिनय रहनेछ । मनोज आलियाको बुबाको भूमिकामा देखिनेछन् । फिल्मको कथा मर्डर मिस्ट्रीसँग जोडिएर निर्माण भएको बताइन्छ ।
स्रोत एएनआई

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ९ : ४३ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४