यी हुन् हरियो धनियाँ खानुका फाइदा « Khabarhub

यी हुन् हरियो धनियाँ खानुका फाइदा


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हरियो धनियाँ स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । स्वाद बढाउनुका साथै धेरै पोषक तत्वले भरिपूर्ण हरियो धनियाँले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या हटाउन मद्दत गर्दछ । धनियाँमा प्रोटिन तथा भिटामिन ‘ए’, ‘सी’, र ‘के’, पाइन्छ । यति मात्र होइन, यसमा क्याल्सियम, पोटेसियम, फस्फोरस, नियासिन, थियामिन, कैरोटिनसमेत पाइन्छ ।

धनियाँको पातमा फाइबर आइरन, म्याग्नेसियम पनि पाइन्छ । यसमा धेरै प्रकारको रोग हटाउने क्षमता हुन्छ । हरियो धनियाँले थकान हटाउँछ, स्फूर्ति ल्याउन समेत सहयोगी हुन्छ ।

धनियाँमा भिटामिन ‘ए’ प्रशस्त मात्रामा पाइने भएकाले यो आँखाका लागि समेत अति उपयोगी मानिन्छ । यसैले यसको चटनी बनाएर वा तरकारीमा हालेर खानाले धेरै फाइदा हुने चिकित्सकले बताएकाछन् ।

हरियो धनियाँका फाइदाः

१. हरियो धनियाँको सेवन मधुमेह रोगीका लागि निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ। साथै यसको दैनिक सेवनले रगतमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न सकिन्छ ।

२. रक्तअल्पता हटाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ। हरियो धनियाँमा प्रशस्त मात्रामा आइरन पाइन्छ, जसले रक्तअल्पताको समस्यालाई हटाउन मद्दत गर्छ। शरीरमा रगतको कमी पूरा गर्न हरियो धनियाँको सेवन गर्नुपर्छ ।

३.आँखाको ज्योति बढाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ, जसले आँखालाई स्वस्थ राख्न मद्दत गर्छ । यसले आँखाको ज्योति पनि बढाउँछ ।

४. रोग प्रतिरोधी क्षमता बढाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँमा भिटामिन सी हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाएर बढ्न पनि मद्दत गर्छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ७ : २५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित