वर्षा र बाढीले क्षति पुर्‍याएको कर्णाली राजमार्ग स्तरवृद्धि गरिँदै « Khabarhub

वर्षा र बाढीले क्षति पुर्‍याएको कर्णाली राजमार्ग स्तरवृद्धि गरिँदै


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जुम्ला– गत असोजको १९ देखि २३ गतेसम्म आएको अविरल वर्षा र बाढीले क्षति पुर्‍याएको कर्णाली राजमार्ग स्तरवृद्धि गरिने भएको छ । राजमार्ग स्तरवृद्धि नहुदाँ यहाँका नागरिकलाई सास्ती हुने गरेको छ । कर्णाली राजमार्गलाई थप स्तरवृद्धि गर्नका लागि काम भइरहेको  सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए । राजमार्गलाई पुरानै अवस्थामा ल्याउनका लागि दुई अर्बको योजना अघि सारेर विभागमा फाइल पेश गरिएको छ  । सो बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएमा केही क्षेत्रमा कालोपत्रे अन्य निर्माण तथा पहिरो पन्छाउन सहयोग पुग्ने कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ ।

यसका लागि जिल्ला विपद् व्यवस्थापन कार्यालयले निर्णय गर्नुपर्ने छ । मुगुले निर्णय गरेर पठाइसकेको छ । जुम्ला र कालीकोटको सिफारिस बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । राजमार्गको लामो भागमा पहिरो पन्छाउने कामका लागि ठेक्का अगाडि बढाइएको छ । सबैभन्दा ठूलो पहिरो नाग्मदेखि रारा खण्ड, धनाडाराजुली खण्ड, राताडाव खण्ड, एस मोडसहित विभिन्न स्थानमा रहेको छ । सेरिगाडमा एक हप्ताअघि ठुलो सुक्खा पहिरो खसेपछि जाली तथा ग्याबिन पर्खाल लगाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

अवरुद्ध राजमार्गलाई थप स्तरवृद्धि गर्नेका लागि अहिले काम तीव्र गतिमा भइरहेको छ । पहिरोले कालोपत्रे गरिएका सडक पनि कच्चीमा परिणत भएको ठाउँमा सुधार गर्ने लागि परेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सबैभन्दा बढी जुम्ला र कालीकोट खण्ड र त्यसपछि दैलेख खण्डका विभिन्न क्षेत्रमा राजमार्ग भत्किएको छ । हवाईमार्गबाट जान नसक्ने सर्वसाधारणका लागि यातायातको एकमात्र विकल्प कर्णाली राजमार्ग भएको यहाँका स्थानीयवासी बताउँछन् । राजमार्ग स्तरवृद्धि हुन अतिआवश्यक रहेको छ । 

जुम्लाको तिला गाउँपालिका– १ का स्थानीयवासी जयलाल बुढाले भने, ‘हाम्रो लागि राजमार्ग सबैभन्दा सहज पहुँच हो । अहिले राजमार्ग राम्रोसँग बिग्रेको छ । सुधारका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ’ । कर्णाली राजमार्ग दुई लाइन सडक खोल्नका लागि आवश्यक बजेट व्यवस्थापनका लागि यहाँका सांसददेखि राजनीतिक दलको महत्वपूर्ण भूमिका खेल्नुपर्ने स्थानीयवासी बुढाको भनाइ छ ।

राजमार्गको स्तरोन्नति हुन नसक्दा यात्रुले निकै गाह्रो हुने गरेको स्थानीयवासी उपराज रावतले बताए। सो बाढी पहिरोले कालीकोटको नाग्मदेखि मुगु गमगढी सडकलाई समेत क्षति गरेको छ । सुधारका लागि काम भइरहेको छ ।  जुम्ला, कालीकोट र मुगु जिल्लालाई आफ्नो कार्य क्षेत्र बनाएर हेर्ने गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । 

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  १० : ३६ बजे

संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौं– दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो