सुनको मूल्य तोलामा ६ सयले बढ्यो « Khabarhub

सुनको मूल्य तोलामा ६ सयले बढ्यो


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार छापावाल  सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आइतबार पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तालाको १ लाख ३ हजार ९ सय कायम भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तेजाबी सुनको भाउ तोलाको १ लाख २ हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो । यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि तोलाको १० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको तोलाको १३ सय ८० रुपैयाँ  थियो ।

गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । सोही दिन सुन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  १२ : ०४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।