जनअपेक्षाअनुसार काम गर्न सांसदहरूलाई देउवाको आग्रह « Khabarhub

जनअपेक्षाअनुसार काम गर्न सांसदहरूलाई देउवाको आग्रह


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले जनअपेक्षाअनुसार काम गर्न सांसदहरूलाई आग्रह गरेका छन् । संघीय संसद्को अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले नवनिर्वाचन सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै जनअपेक्षाअनुसार काम गर्न आग्रह गरेका हुन् । 

लोकतन्त्रमा आवधिक निर्वाचन आवश्यक रहेकाले आफू नेतृत्वको सरकारले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष रुपमा गरेको बताउँदै देउवाले पुष्पकमल दाहाल नेतृत्वको सरकारको सफल कार्यकालको शुभकामना पनि दिए । 

विशेष परिस्थितिमा १८ महिनाअघि आफूले सरकारको नेतृत्व सम्हालेको स्मरण गराउँदै उनले प्रचण्ड नेतृत्वको सरकार र सांसदहरूलाई जनताको अपेक्षाअनुसार काम गर्न आग्रह गरे ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  १ : ४३ बजे

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन