थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्न अध्ययन गर्दै सडक विभाग | Khabarhub Khabarhub

थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्न अध्ययन गर्दै सडक विभाग


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सवारीसाधन व्यवस्थापनका लागि सडक विभागले उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । यसका लागि विभागले ती स्थानमा ट्राफिक बत्ती आवश्यक हो वा होइन भन्ने अध्ययन गरिरहेको जनाएको छ । विभागले ट्राफिक चापका आधारमा बत्ती जडानको निर्णय गर्नेछ । 

विभागका अनुसार हालसम्म उपत्यकामा ५६ स्थानमा ट्राफिक बत्ती जडान भएका छन् । जसमा ४९ स्थानमा सडक विभाग र बाँकी सात स्थानमा स्थानी तह तथा विभिन्न सङ्घ संस्थाले बत्ती जडान गरेका हुन् । उपत्यकाका सडक विभागसँगै स्थानीय तह र वडा कार्यालयले पनि आवश्यकताका अनुसार ट्राफिक बत्ती जडान गरिरहेको सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख बेलबहादुर भुजेलले बताए। 

उनले चालु आर्थिक वर्षमा कलंकी, बल्खु, सानेपा, धोबीघाट, महालक्ष्मीस्थान, चापागाउँदोबाटो र सातदोबाटोमा बत्ती जडान गरिएको जानकारी दिए। विभागले बत्ती जडान गरे पनि सञ्चालन भने ट्राफिक कार्यालयले गर्दै आएको छ । 

‘ललितपुर महानगरलगायतका स्थानीय तहले आफैँ पनि ट्राफिक बत्ती जडान गरिरहेका छन्’, उनले भने, ‘कतिपय स्थानमा बत्ती जडान गर्दा समन्वय हुनुपर्ने भए पनि नभएको पाइएको छ ।’ उनले फरक-फरक निकायबाट जडान भएका बत्तीको प्रविधिमा एकरूपता नभएकाले एकरूपता ल्याउने गरी काम अघि बढाइएको बताए। 

‘यसका लागि वान डोर सिस्टम लागू गराउन प्रक्रिया अघि बढाइएको छ’, उनले भने, ‘अगामी दिनमा ‘एडप्टिभ ट्राफिक कन्ट्रोल’ प्रविधि जडान गरिनेछ ।’  उनले सुरुमा बढी चाप हुने स्थानमा बत्ती जडान गरेपछि अन्य स्थानमा जडान गरिने बताए। जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको सहयोगमा निर्माण भएको भक्तपुरको कोटेश्वर-सूर्यविनायक सडकमाा जाइकाले नै बत्ती जडान गरेका थियो । हाल उक्त सडक खण्डमा रहेका पाँच वटा बत्तीले काम गरिरहेको विभागको भनाइ छ । 

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  २ : ५१ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको