उच्चस्तरीय राजनीतिक संयन्त्रको पहिलो बैठक बस्दै | Khabarhub Khabarhub

उच्चस्तरीय राजनीतिक संयन्त्रको पहिलो बैठक बस्दै


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।

बुधवार अध्यक्ष ओलीको वालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्ता पछि आज संयन्त्रको बैठक बस्न लागेको हो । सो भेटपछि प्रधानमन्त्री प्रचण्डले सो बैठक पछि संयन्त्रको बैठक बसाउन दुवै नेता बिच सहमति भएको जानकारी दिएका थिए।

दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपट सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने संयन्त्रको बैठकमा मुख्यतः प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल हुनेछ ।

बैठकमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरूको उपस्थिति रहनेछ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ६ : ५४ बजे

कारको ठक्करबाट एक बालकको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको

कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री 

विराटनगर– गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका

महँगी बढेकाले बजार अनुगमन गर्न सांसदको आग्रह

काठमाडौं– सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी

‘ग्रेटर नेपाल’को नक्सासहित भारतीय दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ’ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले

नौलिंग भद्रकाली जात्रा (तस्बिरहरू) 

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा बैशाख २७ गते