वन्यजन्तुबाट तरकारी जोगाउन भीमदत्तका किसानको खेतबारीमै बास « Khabarhub

वन्यजन्तुबाट तरकारी जोगाउन भीमदत्तका किसानको खेतबारीमै बास


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन्। निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको छ।

निकुञ्जबाट निस्किने चित्तल र बँदेललगायतका वन्यजन्तुले तरकारी खेती खाएर हैरान गरेको किसान बताउँछन्। निकुञ्जबाट बस्ती छिर्ने वन्यजन्तुले किसानको तरकारी खेतीमा नोक्सानी पुर्‍याउन थालेपछि जोगाउनमै मुस्किल परेको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका नाथुराम रानाले बताए। उनले तरकारी जोगाउन बारीमा जाग्राम बस्न बाध्य भएको बताए।

विसं २०६३ देखि तरकारी खेती गर्दै आएका रानाले तरकारी जोगाउन हरेक वर्ष खेतमै बास बस्नुपर्ने बाध्यता रहेको सुनाए। “निकुञ्जका वन्यजन्तुले खेती नष्ट गरिदिन्छन्।” तरकारी लगाएको खेतको छेउमा रहेको झुपडी देखाउँदै उनले भने, “झुपडीमा रात बिताएर तरकारी बचाउनुपर्छ।”

निकुञ्जबाट आउने जनावरले तरकारी खानुका साथै नष्ट गरेर जाने गरेको उनले बताए। “जङ्गलबाट हात्ती आउने डर हुन्छ, राति डरैडरले बस्नुपर्छ”, उनले भने, “गत वर्ष राति तरकारी खेतीमा आएको बँदेलले गाउँकै एक जनालाई आक्रमण गरेको थियो।”

रानाले १५ कठ्ठामा खेती गर्दै आएका छन्। “तरकारी खेती गरेरै घर खर्च र छोराछोरीको पढाइ खर्च चलाइराखेको छु”, उनले भने, “वन्यजन्तुबाट खेती जोगाउन सके वार्षिक रु तीन लाखसम्म आम्दानी हुन्छ।” यहाँ बसोबास गर्ने ४१ राना परिवार तरकारी खेती गरेरै जीविकोपार्जन गरिरहेका सुदामा रानाले बताए। “यहाँ सबैले समूहमा मिलेर तरकारी खेती सुरु गरेका छौँ”, उनले भने, “अन्य बालीभन्दा तरकारी खेतीबाट तीन गुना बढी फाइदा हुन्छ।”

तरकारी खेतीबाट मनग्य आम्दानी हुने भए पनि खेती जोगाउन मुख्य चुनौती रहेको अर्का किसान कैलाशु रानाले बताए। “खेती जोगाउन खेतमा बास बस्नुपर्ने बाध्यता छ। निकुञ्जले तारजाली लगाए पनि वन्यजन्तु आउन छाडेका छैनन्”, उनले भने, “खेती सुरु गर्ने बेलादेखि भित्र्याउने बेलासम्म खेतमै बास बस्नुपर्छ।” डेढ दशकदेखि तरकारी खेती गर्दै आएका यहाँका किसानले भारतबाट आयात गरिने तरकारी चुनौती बनेको बताए।

“भारतबाट ल्याइने तरकारीमा विषादी हुन्छ, हामी प्राङ्गारिक मलको प्रयोग गर्छौँ”, उनले भने, “भारतबाट ल्याउँदा हाम्रो तरकारी बिक्री गर्न समस्या हुने गरेको छ।”

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ७ : २० बजे

इटहरी गोल्डकपको उपाधि मोरङलाई

सुनसरी – सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सोमबार राति

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख

आज २०८३ साल वैशाख ८ गते मंगलबारको राशिफल  

काठमाडौँ – आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख