बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण « Khabarhub

बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गलकोट – बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ। उक्त सडकमा जताततै खाल्डाखुल्डी छन्। सडकमा नालीसमेत बनेको अवस्था छैन। कालोपत्र उप्किएको छ। कतै सडक धुलाम्मे छ।

बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिन्छ। तर बाढी र पहिराले कालोपत्र बगाएको छ। रत्नेचौरबाट बेनीसम्मको छ किलोमिटर सडकको कालोपत्र उप्किएर खाल्डाखुल्डी हुँदा यात्रुलाई सास्ती भएको छ। सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको भए पनि सडकको अवस्थामा खासै सुधार आउन सकेको छैन।

यस्ते रत्नेचौरबाट खबरासम्मको चार किलोमिटरमध्ये तीन किलोमिटर सडक २०७६ मा कालोपत्र गरिएको हो। वर्ष दिन नपुग्दै त्यो पनि उप्किएको छ। बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती हुने स्थानीय सुरज सापकोटा बताउँछन्। “गुणस्तरीय काम हुन सकेको छैन”, उनले भने। कुडुँलेमा नाली छ, तर सडक कालोपत्र छैन। रत्नेचौरमा कालोपत्र गरिएको सडकमा नाली मर्मत गर्नुपर्ने अवस्थामा छ।

बर्सेनि मर्मतसम्भार गर्दैआए पनि पूरै नयाँ बनाउन बजेट अभाव रहेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी कृष्णबहादुर खड्का बताउँछन्। “मर्मतका लागि बर्सेनि न्यून बजेट आउँछ”, उनले भने। रत्नेचौरबाट बेनीसम्मको सडक पूर्वाधार कार्यालयअन्तर्गत रहेको खड्काको भनाइ छ। बाङ्गेचौरबाट रत्नेचौरसम्म सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको छ।

“सडक कालोपत्र गर्न बजेट माग गरेका छौँ”, उनले भने। रत्नेचौरबाट बेनीको खबरासम्मको चार किलोमिटर कालोपत्र गर्ने काम २०७४ देखि थालिएको हो। अझै सो काम सम्पन्न हुन सकेको छैन। रु १२ करोड १७ लाखको लागतमा कालोपत्रको ठेक्का नागार्जुन देव एण्ड सायर बिएन जेभीले लिएको छ। बागलुङका अधिकांश कालोपत्र सडक हस्तान्तरणको प्रक्रियामा छन्। कुँडुलेबाट रत्नेचौरसम्मको सडक रु २० लाखको लागतमा ठेक्कामार्फत मर्मतसम्भार भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

पछिल्लो समय कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गाबाट पर्वतको जलजला हुँदै बेनी जाने राजमार्ग विस्तार भइरहेकाले ठूला सवारीसाधन वैकल्पिक मार्ग बागलुङ हुँदै रत्नेचौर बेनी पुग्ने गरेका छन्।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ८ : १६ बजे

साउदी अरबको अल–खर्जमा मिसाइल आक्रमण, भारतीय र बंगलादेशीको मृत्यु, अरू १२ जना घाइते

रियाध- साउदी अरेबियाको अल–खर्ज सहरस्थित एक आवासीय क्षेत्रमा मिसाइल खस्दा

एमालेमा नेतृत्व फेर्ने बहस सुरू, धुलो टक्टक्याएर कसरी उठ्लान् पुराना दल ?

काठमाडौं– फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना भनिएका ठूला

सङ्खुवासभामा चार स्थानबाट मतगणना

किमाथांका– सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना तेस्रो दिन जारी

बैतडीका सात जना उम्मेदवारको जमानत जफत

बैतडी– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा

मध्यपूर्व द्वन्द्वको प्रभाव : लेबनानमा इजरायल–हिज्बुल्लाह भिडन्त

एजेन्सी– लेबननमा जारी सङ्घर्षमा हिजबुल्लाहले पूर्वी लेबनानमा हेलिकोप्टरमार्फत प्रवेश गरेको