बहराइनमा श्रमिक समस्याबारे सचेतना   « Khabarhub

बहराइनमा श्रमिक समस्याबारे सचेतना  



दोहा – बहराइनमा श्रमिक समस्या तथा सचेतनासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बहराइनस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले कामको सिलसिलामा भोग्नु परेका समस्या तथा समस्याको सम्बोधनका निम्ति चाल्न सकिने कदम र स्थानीय नियम कानुनको पालना लगायतका विषयमा एक अन्तर्क्रिया कार्यक्रम गरिएको छ।

कार्यक्रममा विभिन्न समस्या र श्रमिक अधिकारका विषयमा कानुनी ज्ञान र समस्या सम्बोधनका लागि अवलम्बन गर्नुपर्ने प्रक्रियाका बारेमा विभिन्न माध्यमबाट सोधिएका प्रश्नहरू र जिज्ञासाहरू खास गरी समयमा तलब नपाउने लगायतका विषयमा छलफल भएको दूतावासले जनाएको छ।

यस्तै, करार समाप्त भएपछि पनि नेपाल फर्कने टिकट र सर्भिस बेनिफिट नपाउने, न्यून तलबमा काम गर्नुपर्ने, स्वास्थ्योपचारको खर्च तलबबाट कटाइदिने जस्ता समस्याका साथै स्थानीय कानुन पालना, कन्सुलर कागज प्रमाणीकरण, क्षतिपूर्ति दाबी, विद्युतीय राहदानी फाराम भर्न परेका कठिनाइ, न्यूनतम तलबको मापदण्ड तोकिनुपर्ने, सीधा उडान सेवाका लागि पहल हुनुपर्ने लगायतका विषयहरूमा केन्द्रित रही छलफल तथा परामर्श भएको थियो।

सो कार्यक्रममा बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्ले तथा दूतावासका पदाधिकारीहरू एवम् कार्यक्रममा आमन्त्रित विशिष्ट अतिथि बहराइनको श्रम तथा आप्रवासन कानुनविद् डा. अव्दुल गादिर वार्सामाले जानकारी गराएका थिए। उनले यस किसिमका अन्तर्क्रिया समय समयमा राखिनुपर्ने सुझाव पनि दिएका थिए।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ९ : ०५ बजे

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा

भूमि र वन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र