लेनदेन मिलाउन अपहरणको नाटक गर्ने ६ जना पक्राउ « Khabarhub

लेनदेन मिलाउन अपहरणको नाटक गर्ने ६ जना पक्राउ


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अपहरणमा परेको भन्दै नाटक गर्ने कार्यमा संलग्न रहेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका–१३ बस्ने ४७ वर्षीय विदुर बस्नेत, चितवन भण्डारा राप्ती नगरपालिका–५ घर भई हाल काठमाडौं नैकाप बस्ने ३३ वर्षीय दिलिप विक, सर्लाही बर्हथवा नगरपालिका–६ घर भई काठमाडौं बालाजु बस्ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रे खानिखोला गाउँपालिका–१ बस्ने ४२ वर्षीय जगतबहादुर भोलान, काभ्रे बनेपा नगरपालिका–६ घर भएका ५३ वर्षीय कान्छामान जिम्बा र धादिङ थाक्रे गाउँपालिका–५ घर भई काठमाडौं कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा रहेका छन् ।

चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्टको अगाडि मानिस अपहरण भएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूले अपहरणको नाटक गरेको खुल्न आएपछि पक्राउ गरेको हो ।

साथै उक्त घटना अपहरण नभई लेनदेन कारोबार रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  २ : ०९ बजे

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

कञ्चनपुर – कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट