रवि लामिछानेले दोहोरो राहदानी लिएको भन्ने विषयमाथि छानबिन सुरु « Khabarhub

रवि लामिछानेले दोहोरो राहदानी लिएको भन्ने विषयमाथि छानबिन सुरु


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदानी लिएको भन्ने विषयमाथि छानबिन सुरु गरेको छ ।

युवराज पौडेल (सफल) ले मंगलबार दिएको उजुरीका आधारमा सरकारी वकिलको कार्यालयले लामिछानेको राहदानीका विषयमा छानबिन थालेको हो । लामिछानेको राहदानीका विषयमा छानबिन गर्न कार्यालयले अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र राहदानी विभागबाट कागजात मगाएको छ ।

लामिछानेले झुठो विवरण दिई राहदानी लिएको भन्दै पौडेलले पाँच वर्ष कैदको माग राखी उजुरी दिएपछि कार्यालयले तीनवटै निकायलाई पत्राचार गरेर कागजात मगाएको हो । ती कार्यालयबाट आएको जवाफका आधारमा सरकारी वकिलको कार्यालयले थप प्रक्रिया अघि बढाउनेछ ।

नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि १३ माघमा लामिछानेले प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्रीको पद गुमाउनुपरेको थियो ।

अमेरिकाको राहदानी र नागरिकता हुँदाको बखत नै नेपाली राहदानी लिएको भन्दै पौडेलले लामिछानेमाथि कारबाही गर्न माग गर्दै दिएको निवेदन प्रहरीले दर्ता गर्न नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गरेका हुन् ।

कागजातको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले लामिछानेमाथि मुद्दा चलाउनु पर्ने नपर्ने निर्क्योल गर्नेछ । यदी मुद्दा चलाउनु पर्ने भएमा प्रहरीलाई दर्ता गरी आवश्यक अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले निर्देशन दिनेछ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ३ : ४८ बजे

घलेगाउँ सांस्कृति भवनको उद्घाटन गर्दै प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट

तनहुँमा ८ हजार ३६६ मतदाता थपिए

तनहुँ– तनहुँ जिल्लामा आठ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्

सडक मापदण्डभित्रका बासिन्दालाई क्षतिपूर्ति दिइँदै

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक क्षेत्रका स्थानीयलाई क्षतिपूर्तिबापतको रकम

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

रुपन्देही– भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२–८३ को पहिलो

प्रिमियर लिग : बर्नलीलाई हराउँदै चेल्सी तालिकाको दोस्रो स्थानमा

काठमाडौं – प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा बर्नलीलाई