‘स्वस्थ पाँचखाल’ अभियानका लागि पालिकाद्वारा धुलिखेल अस्पतालसँग सहकार्य « Khabarhub

‘स्वस्थ पाँचखाल’ अभियानका लागि पालिकाद्वारा धुलिखेल अस्पतालसँग सहकार्य


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाँचखाल नगरपालिकालाई ‘स्वस्थ पाँचखाल’ बनाउन पालिकाले काभ्रेको धुलिखेल अस्पतालसँग सम्झौता गरेको छ । सम्झौताअनुसार स्वस्थ पाँचखाल अभियानमा नगरले स्वास्थ्य सामग्रीलगायत स्रोत–साधान उपलब्ध गराउने छ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने छ ।

सम्झौतामा नगर प्रमुख महेश खरेल र अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा. बलराम मल्लले आज हस्ताक्षर गरेका छन् । अभियानअन्तर्गत नगरका प्रत्येक नागरिकको उमेरगत परिवार सङ्ख्या, उनीहरुको स्वास्थ्य अवस्था तथा औषधि सेवनसमेतको डाटा सङ्कलन गरिनेलगायत छ बुँदामा सम्झौता गरिएको हो ।

यस्तै, पाँचखालको बालुवामा रहेको अस्पतालको ‘आउटरिच सेन्टर’ लाई स्तरोन्नति गरी स्वास्थ्य सेवाको दायरा बढाउने, प्रत्येक महिलाको स्वास्थ्य परीक्षण गरी पिसाब चुहिने समस्या देखिएकालाई उपचार गर्ने, नगरमा रहेको ‘अक्सिजन कन्सन्ट्रेसन बैंक’ मा कन्सन्ट्रेसन थप्ने, दाँतको समस्या भएकालाई उपचारसहित दाँत राखिदिने सम्झौता गरिएको छ ।

यसैगरी, पाँचखाल नगरले तीन सय रोपनी जमिन उपलब्ध गराई सिँचाइको व्यवस्थापन गर्ने र उक्त जमिनमा एलोभेरा, तुलसीलगायतका अर्गानिक उत्पादन गरी अस्पतालमा रहेको ‘स्याहार अर्गानिक उत्पादन’ मा विभिन्न औषधि उत्पादन गर्ने सम्झौता गरिएको हो । सम्झौता कार्यक्रममा नगरप्रमुख खरेलले धुलिखेल अस्पतालसँग गरिएको सम्झौताअनुसार स्वस्थ पाँचखाल अभियान अन्तर्गत स्वास्थ सेवाको दायरा बढाउँदै हरेकलाई स्वस्थ नागरिक बनाइने बताए ।

अस्पतालका प्रमुख प्रा. डा. रामकण्ड माकजू श्रेष्ठले पाँचखालको स्वस्थ नगर बनाउने अभियान अन्य स्थानीय तहले पनि अनुशरण गर्नुपर्ने धारणा राखे । अस्पतालका प्रसूति विभागकी प्रा. डा. आभा श्रेष्ठले पिसाब चुहिने समस्या देखिएका हरेक महिलालाई नगरको सहयोगमा तीन सय ६५ अमेरिकी डलरको ‘सोलिक्स मिनिसिलिङ’ राखेर निःशुल्क उपचार गराइने जानकारी दिइन् । नगरको ६० अक्सिजन कन्सन्ट्रेसन रहेको बैंकमा अस्पतालले आजै ५० पोर्टेवल अक्सिजन कन्सन्ट्रेसन प्रदान गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ४ : ३५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल