रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम आवश्यक : डा. भट्टराई « Khabarhub

रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम आवश्यक : डा. भट्टराई


२६ माघ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जीवनउपयोगी, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने धारणाा व्यक्त गरेका छन् । साउथ वेस्टर्न स्टेट कलेजद्वारा आज आयोजित विज्ञान प्रदशर्नी कार्यक्रम उद्घाटन गर्दै उनले रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिए ।

उच्च शिक्षा अध्ययनका क्रममा बर्सेनि हजारौँ विद्यार्थी विदेशिने गरेको चर्चा गर्दै उनले भने, ‘गुणस्तरीय शिक्षा प्रदान गरी युवा वर्गलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्नेतर्फ राज्य र शिक्षण संस्थाहरूको पनि ध्यान जान आवश्यक छ ।’ उनले हाम्रा विद्यार्थी विदेश जानबाट रोक्नका लागि स्वदेशमै सूचना प्रविधिमा आधारित भई प्राविधिक, व्यावसायिक र सीपमूलक शिक्षा उपलब्ध गराउन सक्नुपर्ने बताए ।

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले संस्थागत र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा उपलब्ध गराउनेतर्फ नगरपालिकाको ध्यान गएको बताए । क्याम्पस प्रमुख डा. राजेन्द्रसिंह केसीले बजारको मागअनुसार समयसान्दर्भिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ शिक्षणसंस्थाको ध्यान जानुपर्नेमा जोड दिए ।

बसुन्धारास्थित सो क्याम्पस हाताभित्र सञ्चालित विज्ञान प्रदशर्नी भोलिसम्म चल्ने सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ५ : ३३ बजे

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विवरण लिएर

बडीमालिका हिमपात अपडेट : एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

बाजुरा- शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि