नयाँ मुख्यमन्त्री नियुक्त गर्न सुदूरपश्चिम प्रदेश प्रमुख परामर्शमा, कांग्रेसको सरकार बन्नसक्ने « Khabarhub

नयाँ मुख्यमन्त्री नियुक्त गर्न सुदूरपश्चिम प्रदेश प्रमुख परामर्शमा, कांग्रेसको सरकार बन्नसक्ने


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा अर्को मुख्यमन्त्री नियुक्ति गर्ने विषयमा प्रदेश प्रमुख देवराज जोशीले परामर्श सुरु गरेका छन् ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि उनी स्वतः पदमुक्त भएका छन् । यससँगै नयाँ मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख जोशीले परामर्श सुरु गरेका हुन् ।

बिहीबार मुख्यमन्त्री रावलले विश्वासको मत लिने अन्तिम दिन रहेकोमा प्रदेशसभा बैठकमा रावलले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

पुस २७ मा एमालेका १० माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र १ राप्रपा १ गरी २९ जना सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए ।

५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्नेमा सरकार गठन भएको एक महिनामै सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले साथ छाडेपछि सुदूरपश्चिमबाट सात दलीय गठबन्धनको सरकार ढलेको हो ।

यससँगै सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना बलियो बनेको छ । सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलका नेता कमलबहादुर शाह छन् ।

संविधानको धारा १६८ (२) अनुसार रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि अब संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन हुने बताइएको छ ।

संविधानको धारा १६८ (३) मा ‘प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नसक्ने’ प्रावधान छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ६ : ३३ बजे

घलेगाउँ सांस्कृति भवनको उद्घाटन गर्दै प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट

तनहुँमा ८ हजार ३६६ मतदाता थपिए

तनहुँ– तनहुँ जिल्लामा आठ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्

सडक मापदण्डभित्रका बासिन्दालाई क्षतिपूर्ति दिइँदै

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक क्षेत्रका स्थानीयलाई क्षतिपूर्तिबापतको रकम

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

रुपन्देही– भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२–८३ को पहिलो

प्रिमियर लिग : बर्नलीलाई हराउँदै चेल्सी तालिकाको दोस्रो स्थानमा

काठमाडौं – प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा बर्नलीलाई