नयाँ मुख्यमन्त्री नियुक्त गर्न सुदूरपश्चिम प्रदेश प्रमुख परामर्शमा, कांग्रेसको सरकार बन्नसक्ने « Khabarhub

नयाँ मुख्यमन्त्री नियुक्त गर्न सुदूरपश्चिम प्रदेश प्रमुख परामर्शमा, कांग्रेसको सरकार बन्नसक्ने


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा अर्को मुख्यमन्त्री नियुक्ति गर्ने विषयमा प्रदेश प्रमुख देवराज जोशीले परामर्श सुरु गरेका छन् ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि उनी स्वतः पदमुक्त भएका छन् । यससँगै नयाँ मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख जोशीले परामर्श सुरु गरेका हुन् ।

बिहीबार मुख्यमन्त्री रावलले विश्वासको मत लिने अन्तिम दिन रहेकोमा प्रदेशसभा बैठकमा रावलले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

पुस २७ मा एमालेका १० माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र १ राप्रपा १ गरी २९ जना सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए ।

५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्नेमा सरकार गठन भएको एक महिनामै सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले साथ छाडेपछि सुदूरपश्चिमबाट सात दलीय गठबन्धनको सरकार ढलेको हो ।

यससँगै सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना बलियो बनेको छ । सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलका नेता कमलबहादुर शाह छन् ।

संविधानको धारा १६८ (२) अनुसार रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि अब संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन हुने बताइएको छ ।

संविधानको धारा १६८ (३) मा ‘प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नसक्ने’ प्रावधान छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ६ : ३३ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि