प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता

By खबरहब

February 09, 2023

काठमाडौँ- भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता भएका छन् । भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा बिहीबार दिउँसो साढे एक बजेको समयमा दुई जना बगेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा डोल्पाको ठूलीभेरी नगरपालिका घर भई हाल भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा दिदीको घरमा बस्दै आएका २२ वर्षीय मकर रोकाया र सोही ठाउँका २१ वर्षीय बिबी रोकाय रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनीहरुको खोजीका लागि अस्थायी प्रहरी पोष्ट जहरे, ईलाका प्रहरी कार्यालय छिन्चु र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चिप्लेबाट करीब १३ जनाको प्रहरी टोली खटिएको छ । बेपत्ता भएको दुबै जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतकी प्रहरी निरीक्षक झरना सोनारले जानकारी दिइन् ।