को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ? « Khabarhub

को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

धनगढी – एमाले नेतृत्वमा बनेको सरकारले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिक ठूलो दलको हैसियतमा नेपालीका कांग्रेसका तर्फबाट कमलशाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

बिहीबार साँझ ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा शाहले दावी पेश गरेका थिए । अछाम जिल्ला रामारोशन गाउँपालिका–५ तडिगैरामा २०२८ साल फागुन १० गते जन्मेका शाह हाल कैलालीको लम्की चुहा नगरपालिका–१ मा स्थायी रुपमा बसोवास गर्दै आएका छन् ।

उनले विद्यालय शिक्षा अछाम र कैलालीबाट अघि बढाएका थिए । शाह २०४४ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहेका थिए । शाहले २०४६ सालदेखि २०५२ सालसम्म नेपाल विद्यार्थी संघको क्याम्पस इकाइ समिति सदस्य र पार्टीको महाधिवेशन प्रतिनिधि भएर काम गरेका थिए ।

त्यसैगरी उनले २०५४ सालदेखि २०६८ सालसम्म विभिन्न समयमा नेपाल तरुण दलको केन्द्रीय खेलकुद विभिग सदस्य, केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय सचिव र केन्द्रीय उपाध्यक्ष पदमा रहेर पनि काम गरेका थिए । उनी २०५३ सालदेखि हालसम्म नेपाली कांग्रेसको नौं, दशौं, एघारौं, बाह्रौं, तेह्रौं र चौधौं महाधिबेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहेका छन् ।

शाह २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदार रहे पनि पराजित भएका थिए । उनी २०६४ र २०६२र०६३ सालको जनआन्दोलनका क्रममा पटक पटक गरी ४ महिना जेल परेका थिए । हाल लम्कीचुहा–१ लम्कीमा बस्दै आएका उनी मंसिरमा ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र (क) बाट निर्वाचित भएका थिए । प्रदेश सभामा निर्वाचित भएसँगै कांग्रेस संसदीय दलको नेता हुँदै शाह मुख्यमन्त्री बनेका हुन् ।

सरल, शिष्ट, जिज्ञासु, सहयोगि स्वभावका शाहले आफ्नो ठाउँका लागि थुप्रै सहयोग तथा विकासका काम गर्दै आएका छन् । उनले कोरोना संक्रमणकालमा कैलाली क्षेत्र नम्बर २ का सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्ंयम सेवीकाको निस्शुल्क कोरोना विमाका साथै सोल्टामा रहेको स्वास्थ्य चौकीलाई निस्शुल्क एम्बुलेन्स सेवा प्रर्दान गरेर सहयोग गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ९ : ०५ बजे

घलेगाउँ सांस्कृति भवनको उद्घाटन गर्दै प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट

तनहुँमा ८ हजार ३६६ मतदाता थपिए

तनहुँ– तनहुँ जिल्लामा आठ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्

सडक मापदण्डभित्रका बासिन्दालाई क्षतिपूर्ति दिइँदै

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक क्षेत्रका स्थानीयलाई क्षतिपूर्तिबापतको रकम

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

रुपन्देही– भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२–८३ को पहिलो

प्रिमियर लिग : बर्नलीलाई हराउँदै चेल्सी तालिकाको दोस्रो स्थानमा

काठमाडौं – प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा बर्नलीलाई