विज्ञ टोलीद्वारा सामान्य प्रशासन मन्त्रीलाई विधेयक हस्तान्तरण « Khabarhub

विज्ञ टोलीद्वारा सामान्य प्रशासन मन्त्रीलाई विधेयक हस्तान्तरण


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल कानुन समाजको संयुक्त विज्ञ टोलीबाट तयार भएको विधेयक मन्त्री अमनलाल मोदीलाई हस्तान्तरण गरिएको छ।

निर्माणमुखी केही सामाग्रीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र फोहर मैला व्यवस्थापन सम्बन्धी कानुनलाई व्यवस्था गर्न बनेको विधेयक बिहीबार नेपाल कानुन समाजका अध्यक्ष तथा पूर्व मुख्य सचिव तीर्थमान शाक्य र नेपाल कानुन समाजका कार्यकारी सदस्य तथा निवर्तमान नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले मन्त्री मोदीलाई हस्तान्तरण गरेका हुन्।

नेपालको संविधान बमोजिम संघीय सरकारले र संघीय संसद्ले बनाउनुपर्ने कानुन बमोजिम उक्त दुई वटा विधेयक मन्त्रालयको नेतृत्वमा विज्ञहरूबाट मस्यौदा तयार गरी संघ, प्रदेश र स्थानीय स्तरका सरोकारवालाहरुको विस्तृत सुझावको आधारमा तयार गरिएको बताइएको छ।

त्यसअवसरमा मन्त्रीले विधेयकहरू जरुरी भएको र प्राप्त विधेयकलाई मन्त्रालयमा छलफल गरी आगामी सदनमा पेस गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। विधेयक संसद्मा पेस भएपछि पनि नेपाल कानुन समाजको बौद्धिक सहयोग आवश्यक पर्ने उनले अपेक्षा सुनाए।

शाक्य र पौडेलले नेपाल कानुन समाज उक्त विधेयकहरुले कानुनको मान्यता नपाएसम्म सहयोग गर्न तयार रहेको प्रतिबद्धता सुनाए। अति जरुरी यी विधेयक आगामी संसद्मा  पेस गर्न मन्त्रीलाई अनुरोध पनि गरे।

कार्यक्रममा मन्त्रालयका सहसचिव रुद्र सिंह तामाङ र नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले विधेयकको विशेषताको बारेमा जानकारी गराएका थिए।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ४ : ४८ बजे

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६