आईसीसी विश्वकप लिग-२ : घरेलु मैदानमा पिएनजीसँग भिड्दै नेपाल « Khabarhub

आईसीसी विश्वकप लिग-२ : घरेलु मैदानमा पिएनजीसँग भिड्दै नेपाल


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले पपुवा न्युगिनी (पिएनजी)सँग प्रतिस्पर्धा गर्दैछ।

त्रिभुवन विश्वबिद्यालयको घरेलु मैदानमा नेपाली टोलीले आज पपुवा न्युगिन्हीसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालसँग लगातार दुई खेल हारेर पीएनजी कीर्तिपुर क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि फागुन १९ मा भएको खेलमा पिएनजीलाई नेपालले हराएको थियो।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ। नेपालले अब दुई खेल जिते ३६ अंक हुनेछ। दुई जित शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज पुनः हुने खेलका लागि नेपाली खेलाडीको सूची सार्वनिक गरिसकेको छ। सातौँ स्थानमा रहेको पीएनजीको ३२ खेलबाट ९ अंक मात्र बनाएको छ।

बिहीबारदेखि घरेलु मैदान टियुमा हुने सो खेलका लागि मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचीमा राखेको क्यानले यूएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीलाई भने टिममा फर्काएको छ। तर, अन्य खेलाडी कुनै परिवर्तन गरेको छैन।

नेपाली टोली

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भिम सार्की, ललित राजबंशी

बेञ्चमाः सन्दिप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद

नेपालले टियु मैदानमा मार्च १२ मा यूएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा यूएईसँग खेल्ने कार्यतालिका छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ७ : १५ बजे

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई