आईसीसी विश्वकप लिग–२ : नेपालसँग टस जितेर पीएनजी बलिङमा « Khabarhub

आईसीसी विश्वकप लिग–२ : नेपालसँग टस जितेर पीएनजी बलिङमा


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई पपुवा न्युगिनी टस जितेर बलिङमा गएको छ ।

टियू क्रिकेट मैदानमा भएको टसमा पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । खेल सुरु भएको  छ ।

यसअघि फागुन १९ मा भएको खेलमा पपुवा गिन्हीलाई नेपालले हराएको थियो । पपुवा गिन्हीले दिएको सय ८० रनको टार्गेट पछ्याउँदै नेपालले नेपालले ४८ ओभरमा ७ विकेटले जीत हासिल गरेको थियो ।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । नेपालले अव दुई खेल जिते ३६ अंक हुनेछ ।  दुई जित शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज पुनस् हुने खेलका लागि नेपाली खेलाडीको सुची सार्वजनिक गरिसकेको छ । सातौँ स्थानमा रहेको पीएनजीको ३२ खेलबाट ९ अंक छ।

नेपाली टोली
रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भिम सार्की, ललित राजबंशी ।

बेञ्चमा – सन्दिप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद

नेपालले टियू मैदानमा मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ९ : २० बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले