राष्ट्रपतिका उम्मेदवार नेम्वाङद्वारा मतदान | Khabarhub Khabarhub

राष्ट्रपतिका उम्मेदवार नेम्वाङद्वारा मतदान


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको मतदान केन्द्रमा उनले केहीबेर अघि मतदान गरेका हुन्।

नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भएमा जनताको अभिभावकको रुपमा काम गर्ने बताएका छन् । उनले निर्वाचित भएमा जनतालाई सास्ती दिने गतिविधि नगर्नेसमेत प्रतिबद्धता जनाएका छन्।

उनले भने, “राष्ट्रपतिमा निर्वाचित भएपछि मैले सवारीको नाममा जनतालाई सास्ती दिने छैन । सडकमा सवारी जाम तथा हवाई यात्राका क्रममा आकाशमा हवाई उडान प्रभावित हुने काम मेरो कार्यकालमा हुने छैन । जनतालाई सास्ती हैन, अभिभावकको महसुस गराउनेछु ।”

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ । राष्ट्रपतिका अर्का उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन्। बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिएकी छन् । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका पौडेल र एमालेका नेम्वाङ प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ११ : ०४ बजे

जीएसआईमा नेपालको समर्थनबारे संसद्‌मा मागियो सरकारको जवाफ

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले चीनको ‘ग्लोबल सेक्युरिटी

भरूवा बन्दुकसहित एक जना पक्राउ

संखुवासभा– पाँचखपन नगरपालिका-४ घतानी गाउँ बस्ने ४३ वर्षीय राम बहादुर श्रेष्ठलाई

चारदशकको वयमा भाग्य खुलेका कामेश्वर

काठमाडौं – कामेश्वर चौरसिया गत आइतबार दिउँसो पशुपति मन्दिर छेउको

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

सुनसरी– इटहरी उपमहानगरपालिका-२ मोहन दंगालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२० बस्ने

पछिल्लो नौ महिनामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना संक्रमणबाट पछिल्लो नौ महिनामा तीन जनाको मृत्यु