‘प्रचण्डलाई फर्केर आउने ठाउँ छ, जाने ठाउँ छैन’ « Khabarhub

‘प्रचण्डलाई फर्केर आउने ठाउँ छ, जाने ठाउँ छैन’


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका सांसद नेता योगेश भट्टराईले गठबन्धन छाडेर हिँडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आउने ठाउँ भएको तर जाने ठाउँ नभएको बताएका छन्।

राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी हुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका भट्टराईले पुस १० गते उनलाई ड्राइभिङको जिम्मा दिए पनि गाडी छाडेर भागेको उल्लेख गर्दै जाने ठाउँ नभएको बताएका हुन् । नेकपा एमालेसँग गठबन्धन तोडेर गएका प्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई अघि बढ्ने ठाउँ भने नभएको उनको भनाई छ ।

‘निर्वाचन पछि तीनवटा गठबन्धन भयो, चुनाव अघि एउटा गठबन्धन थियो, चुनाव पछि सरकार बनाउने बेला अर्को गठबन्धन बन्यो, राष्ट्रपति निर्वाचनको सन्दर्भमा अर्को गठबन्धन बनेको छ,’ भट्टराईले भने, ‘पुस १० गते गठबन्धन बनाउने क्रममा प्रचण्डलाई ड्राइभरको सिटमा राखेका थियौं, उहाँले गाडी नै छाडेर हिँड्नु भयो, प्यासेन्जरलाई दु:ख दिनु भयो, अब फर्केर आउनुहोला तर प्रचण्डलाई आउने ठाउँ छ, जाने ठाउँ छैन।’

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ११ : २७ बजे

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ