दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन म्याद थप « Khabarhub

दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन म्याद थप


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोल्ती पावर कम्पनीको आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् । दोल्ती पावरले फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आईपीओ निष्कासन गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज फागुन २५ गते बिहीबारसम्म आवेदन दिन सक्नेछन् । यस आईपिओमा मागभन्दा बढी आवेदन परेमा समयअघिनै निष्कासन तथा बिक्री बन्द गर्ने कम्पनीले जनाएको छ ।

उक्त आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ लाख ३६ हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो । सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नोमुले र कालिका गाविसमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूको लागि २ लाख ६८ हजार २४३ कित्ता छुट्याएको छ ।

साथै, कम्पनीले सर्वसाधारणहरूको लागि निष्कासन हुने कित्ताको १० प्रतिशत अर्थात १ लाख ७ हजार २९८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको हो ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ । यसमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । यसमा बिक्री प्रबन्धकको एनआइसी एसिया क्यापिटलले गरेको छ । 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  १२ : २८ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु