स्वास्थ्य सेवा सुधार्न सञ्चार प्रविधिको प्रयोग बढाऔँ : मन्त्री शर्मा « Khabarhub

स्वास्थ्य सेवा सुधार्न सञ्चार प्रविधिको प्रयोग बढाऔँ : मन्त्री शर्मा


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले आमसञ्चार तथा सूचना प्रविधिलाई स्वास्थ्य सेवा सुधारमा उपयोग गर्ने नीतिका साथ सरकारले प्रक्रिया अगाडि बढाएको बताएकी छन् ।

स्वास्थ्य सेवा विभागद्वारा आज यहाँ आयोजित महिला स्वास्थ्य सम्मेलनको शुभारम्भ गर्दै उनले प्रभावकारी टेलिमेडिसिन, डिजिटल सचेतनालगायत कार्यक्रममार्फत स्वास्थ्य सेवा सुधारका लागि प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।

संविधानमा प्रजनन स्वास्थ्यलाई उल्लेख गर्नु ठूलो उपलब्धि भएको जनाउँदै उनले अब यसको कार्यान्वयनमा सबै क्षेत्रको गम्भीररुपमा ध्यान जानुपर्ने बताइन् । उनले भनिन्, “हामीले प्रजनन स्वास्थ्यलाई मौलिक हक त बनायौँ तर यसको कार्यान्वयन कसरी गर्ने भनेर आम महिलामा लैजान सकेका छैनौँ, अब यसको सचेतनता र कार्यान्वयनमा जोड दिनुपर्छ । यसमा आमसञ्चार तथा सूचना प्रविधिको व्यापक परिचालन गर्ने नीति बनाउनुपर्छ ।”

बुधबार मात्रै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा प्रधानमन्त्रीले महिला स्वास्थ्यसम्बन्धी विशेष घोषणा गरेको स्मरण गराउँदै उनले यसलाई प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिन् । स्वस्थ नागरिकका लागि हरेक आमा स्वस्थ हुनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले महिलाको स्वास्थ्यलाई स्वस्थ नागरिक र सबल राष्ट्र निर्माणको आधार बनाउनुपर्ने बताइन्।

दुई दिनसम्म चल्ने सम्मेलनमा विज्ञका कार्यपत्रमा छलफल हुने र यसबाट महिला स्वास्थ्यसम्बन्धी नीति निर्माण गर्न सहयोग पुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  १२ : ४७ बजे

आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको