पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा « Khabarhub

पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।  पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोकको आयोजनमा हुन लागेको पाचौँ संस्करणको पाँचपोखरी टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता यही फागुन २७ गतेदेखि हुन लागेको हो । गाउँपालिकाले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २७ देखि चैत ३ गतेसम्म हुने लागेको गाउँपालिकाले जानकारी दिएको छ । ,

यसवर्षको प्रतियोगिता पनि मूलपानी रङ्गशालामा सञ्चालन गर्ने तयारीमा लागेको छ । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका सात वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले रू ८० हजार र उपविजेताले  ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताभरिकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

साथै ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले उक्त प्रतियोगितामा सफलता हासिल गर्ने सर्वोत्कृष्ट खेलाडीलाई एक वर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । 

पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले २०७४ सालदेखि तीन संस्करण जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर आठ जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  २ : ०९ बजे

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई