उपराष्ट्रपतिको निर्वाचनमा महिला मात्र उम्मेदवार हुने गरी निर्णय गर्न माग « Khabarhub

उपराष्ट्रपतिको निर्वाचनमा महिला मात्र उम्मेदवार हुने गरी निर्णय गर्न माग


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वतन्त्र राष्ट्रिय अभियान नेपालले आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा महिला मात्र उम्मेदवार हुने गरी निर्णय गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।

आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर अभियानका संयोजक स्वागत नेपालसहितको टोलीले आज उक्त माग गरेको हो । 

अभियानको स्मरणपत्रमा संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था रहेको र राष्ट्रपतिमा पुरूष हुने निश्चित भएकाले उपराष्ट्रपतिको उम्मेदवार महिला मात्र हुन पाउनुपर्ने जिकिर गरे।

 सो अवसरमा प्रमुख आयुक्त थपलियाले राष्ट्रपतिको निर्वाचनको मतपरिणाम प्राप्त भई विजयी उम्मेदवारले प्रमाणपत्र पाइसकेपछि उपराष्ट्रपतिको उम्मेदवारको योग्यता आयोगले निर्णय गर्ने क्रममा उक्त मागपत्र सहयोगी हुने बताए । 

उपराष्ट्रपति निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ४ : ४८ बजे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै