स्ववियु निर्वाचन : कांग्रेस कैलालीले खटायो प्रतिनिधि « Khabarhub

स्ववियु निर्वाचन : कांग्रेस कैलालीले खटायो प्रतिनिधि


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धनगढी– आगामी चैत ५ र ८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस कैलालीले जिल्ला प्रतिनिधि खटाएको छ । 

नेपाल विद्यार्थी संघका उम्मेदवारलाई विजयी गराउन जिल्ला कार्य सम्पादन समिति कैलालीको बिहीबार जिल्ला पार्टी कार्यालय, धनगढीमा बसेको बैठकले प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

समितिले संघीय निर्वाचन क्षेत्र १ र २ मा जिल्ला सचिव नृप बहादुर सुनार, निर्वाचन क्षेत्र नम्बर ३ उपसभापति भिम बडुवाल र निर्वाचन क्षेत्र ४ र ५ जिल्ला सचिव केशव राज मिश्रलाई खटाइएको प्रचार-प्रसार विभाग प्रमुख तपेन्द्र भुषालले जानकारी दिए ।

त्यस्तै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीगत रुपमा कहीँ गठबन्धन गर्न चाहेमा केन्द्रीय गठबन्धनका विद्यार्थी संगठनबीच कहीँ कुनै क्याम्पसमा तालमेलको जरुरी देखिए त्यसलाई सहज बनाउन गठबन्धन दलसँग जिल्ला स्तरमा आवश्यक समन्वय गर्ने जिम्मेवारी जिल्ला उपसभापति खेमराज डंगौरा थारूलाई दिएको संयोजक भुषालले जानकारी दिए । 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ६ : ४२ बजे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै