सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल र आर्मी विजयी « Khabarhub

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल र आर्मी विजयी


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । 

जावलाखेलले एनआरटीलाई तथा आर्मीले मच्छिन्द्र क्लबलाई पराजित गर्दै विजयी भएका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जावलाखेलले न्यूरोड टिम (एनआरटी) लाई २-१ गोलअन्तरले हराउँदै विजयी भएको हो । यससँगै जावलाखेलले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरायो । यसअघि जावलाखेलले पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबलाई पराजित गरेको थियो ।

जाउलाखेलको जितमा कप्तान सीमान्त थापा र विदेशी खेलाडी फोडे फोफानाले समान एक–एक गोल गरे । यता एनआरटीका लागि भने सञ्जीव विष्टले एक गोल फर्काए । खेलको ६८औँ मिनेटमा सीमान्तले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ७७औँ मिनेटमा फोफानाले गोल गरेपछि जावलाखेलले २–० गोलअन्तरको अग्रता बनायो ।

त्यस्तै खेलको ८०औँ मिनेटमा एनआरटीका सञ्जीवले गोल गरे पनि जावलाखेल २-१ ले विजयी भयो । जितसँगै जावलाखेलले दुई खेलमा छ अङ्क जोडेको छ । एनआरटीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एनआरटी सातदोबाटो युथ क्लबसँग पराजित भएको थियो ।

यसैगरी सातदोबाटोस्थित च्यासल खेलमैदानमा आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै विजयी भएको छ । आर्मीले मच्छिन्द्रलाई २-० ले पराजित गरेको हो । आर्मीको जितमा दीपक गुरुङ र नवयुग श्रेष्ठले एक-एक गोल गरे । 

खेलको ४८औँ मिनेटमा दीपकले हेडरमार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ५९औँ मिनेटमा नवयुगले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई २-० को सहज जित दिलाए । यस जितसँगै आर्मीले दुई खेलमा चार अङ्क जोडेको छ । आर्मीले पहिलो खेलमा सङ्कटा क्लबसँग बराबरी खेलेको थियो ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ७ : ०७ बजे

झापामा एमाले कार्यकर्ताद्वारा पत्रकार आचार्यमाथि आक्रमण

काठमाडौं – पत्रकार अर्जुन आचार्यमाथि झापामा आक्रमण भएको छ ।

पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुस् : सभापति थापा

बाँके – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष देश

कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माको पद यथावत् राख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माको पद

युनेस्कोबाट जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनालाई अवार्ड अफ मेरिट

ललितपुर– ललितपुरस्थित जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनाले सन् २०२५ का

चुन्न र सुलभको चुनौती झेल्दै विष्णु, एमालेको पकड क्षेत्रमा कस्तो आउला नतिजा ?

काठमाडौं- नेकपा एमालेभित्र छुट्टै गुट चलाउने कोसिसमा रहेका उपाध्यक्ष विष्णु