प्रदेश सांसद पीके राईमाथिको दुर्व्यवहार सुनियोजित : एमाले « Khabarhub

प्रदेश सांसद पीके राईमाथिको दुर्व्यवहार सुनियोजित : एमाले


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेकपा एमाले खोटाङले प्रदेशको नामकरणको विषयलाई लिएर सुनियोजित ढंगबाट प्रदेश सांसद पाँचकर्ण राई (पीके)माथि दुर्व्यवहारको प्रयास भएको जनाएको छ ।

जिल्ला समन्वय समितिको सातौँ जिल्लासभामा अतिथिका रूपमा बोलाइएका प्रदेश सांसद राईमाथि शनिबार पहिचान पक्षधरको नाममा पार्टीका कार्यकर्तालाई परिचालन गरेर दुर्व्यवहारको दुष्प्रयास भएको भन्दै एमालेले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेका सचिव कुमार आचार्यले आइतबार विज्ञाप्तीमार्फत कार्यक्रममा अतिथिका रूपमा आमन्त्रण गरी केही पार्टीका नेताहरूको इसारामा योजनाबद्ध ढंगले जिल्ला सभाको रोस्टम प्रयोग गरी एमालेबाट निर्वाचित प्रदेश सांसद राईलाई आक्रमण गर्ने दुष्प्रयास भएको प्रतिक्रिया दिएका छन् ।

विज्ञप्तिमा प्रदेशको नामकरणको निर्णय गर्ने प्रक्रियामा सहभागी भएकै दलका जनप्रतिनिधि तथा नेताहरूको इसारामा एमालेबाट निर्वाचित जनप्रतिनिधिमाथि लक्षित गरी आक्रमणको प्रयास गर्ने तथा एकतर्फी दोषारोपण गरेर निरन्तर प्रहार गर्ने हर्कतप्रति घोर भर्त्सना गरिएको छ ।

‘केही जनप्रतिनिधिको संलग्नतामा पहिचान पक्षधरको नाममा पार्टीका कार्यकर्तालाई परिचालन गरी प्रदेश नामकरणको विषयलाई लिएर सुनियोजित ढंगबाट कार्यक्रम हलभित्र प्रवेश गराई माननीय पाँचकर्ण राई (पिके)लाई दुर्व्यवहारको दुष्प्रयास गर्न खोजेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश नामकरणको निर्णय प्रक्रियामा अधिकांश दलहरु सहभागी हुने तर निर्णय प्रक्रियामा सहभागी भएका तिनै दलको जनप्रतिनिधि तथा नेताहरूको इसारामा हाम्रो पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिमाथि लक्षित गरी आक्रमणको प्रयास गर्ने तथा एकतर्फी दोषारोपण गरेर निरन्तर प्रहार जस्ता हर्कतप्रति घोर भर्त्सना गर्दछ ।’

यस्तो थियो घटना 
पहिचानपक्षधर समूहले जिल्ला सभाको कार्यक्रम हलभित्रै सांसद राईविरुद्ध नाराबाजी गरेर कालो झण्डा देखाएका थिए । यायोक्खाका अध्यक्ष युगसन किरातले कार्यक्रम सञ्चालकसँग समय मागेर आफ्नो धारणा राखेपछि नाराबाजी सुरु गरिएको थियो । विरोधमा उत्रिएका समूहले प्रदेश सांसद राईलाई कालो मोसो दल्ने प्रयास गरेका थिए । परैबाट हानिएको कालो पदार्थको छिटा प्रदेश सांसद राई, पुर्वसांसद कुलप्रसाद फुयाँल र जिल्ला समन्वय समितिका पुर्वप्रमुख बबी चाम्लिङको शरीरमा लागेको थियो । कार्यक्रममा प्रतिनिधिसभा सांसद रामकुमार राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद तथा मन्त्रीलाई जिल्ला प्रवेश नगर्न आव्हान गरिएको तर त्यस विपरीत गरिएकाले विरोध गरिएको यायोक्खाका अध्यक्ष किरातले बताए ।

विरोधमा उत्रिएका समूहले प्रदेश सांसद भूपेन्द्र राईविरुद्ध पनि नाराबाजी गरेका थिए । प्रदेश सांसद भुपेन्द्र भने कार्यक्रममा उपस्थित थिएनन् । विरोध प्रदर्शन गर्ने क्रममा यायोक्खाका अध्यक्ष किरात, सह–कोषाध्यक्ष डार्विन राई, यायोक्खाको दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीका पुर्वउपाध्यक्ष सप्तमणी राई र जसपाका जिल्ला सचिव सुनिल चाम्लिङ पक्राउ परेका थिए । उनीहरु केही घण्टामै रिहा भएका थिए ।

यायोक्खाले चैत २० गते प्रेस विज्ञप्तिमार्फत कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद एवं मन्त्रीलाई जिल्लामा हुने कुनै पनि कार्यक्रममा अतिथिका रूपमा नल्याउन आग्रह गरेको थियो । प्रदेशको किरात नामकरणको विषयमा असहमति राख्दै यायोक्खा, जनता समाजवादी, जनजाती महासंघ लगायतका पहिचान पक्षधर पार्टी तथा संगठनले विरोधका कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  १२ : ०५ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको