समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर « Khabarhub

समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दमौली– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताएका छन् । तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको उल्लेख गरे । 

‘अर्थतन्त्र उकास्नका लागि सरकार कार्ययोजनासहित अगाडि बढ्छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने। अर्थतन्त्रमा केही समस्या देखापरेको उल्लेख गर्दै उनले यसलाई लयमा ल्याइने बताए। अर्थतन्त्रमा देखिएको समस्या सम्बोधनका लागि गम्भीररूपमा छलफल भइरहेको उनको भनाइ छ । 

‘गठबन्धन सरकार भएकाले सरकार विस्तारलगायतका कामले केही ढिलाइ भएको छ, अर्थमन्त्रीले जिम्मेवारी सम्हालिसक्नुभएको छ’, उनले भने, ‘प्रधानमन्त्रीज्यूको विशेष पहलकदमीमा यही चैत २९ गते यस विषयमा बृहत् छलफल गर्दैछौँ ।’

अर्थतन्त्रको वर्तमान अवस्था, समस्या र समाधानका लागि ठोसरूपमा के गर्नुपर्छ त्यसतर्फ सरकारले प्रयास गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए। ‘हामी अर्थतन्त्रका समस्या पहिचान गरेर सम्बोधन गर्न ठोस कदम चाल्छौँ’, उनले भने ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  १ : ३१ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक