समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर « Khabarhub

समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दमौली– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताएका छन् । तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको उल्लेख गरे । 

‘अर्थतन्त्र उकास्नका लागि सरकार कार्ययोजनासहित अगाडि बढ्छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने। अर्थतन्त्रमा केही समस्या देखापरेको उल्लेख गर्दै उनले यसलाई लयमा ल्याइने बताए। अर्थतन्त्रमा देखिएको समस्या सम्बोधनका लागि गम्भीररूपमा छलफल भइरहेको उनको भनाइ छ । 

‘गठबन्धन सरकार भएकाले सरकार विस्तारलगायतका कामले केही ढिलाइ भएको छ, अर्थमन्त्रीले जिम्मेवारी सम्हालिसक्नुभएको छ’, उनले भने, ‘प्रधानमन्त्रीज्यूको विशेष पहलकदमीमा यही चैत २९ गते यस विषयमा बृहत् छलफल गर्दैछौँ ।’

अर्थतन्त्रको वर्तमान अवस्था, समस्या र समाधानका लागि ठोसरूपमा के गर्नुपर्छ त्यसतर्फ सरकारले प्रयास गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए। ‘हामी अर्थतन्त्रका समस्या पहिचान गरेर सम्बोधन गर्न ठोस कदम चाल्छौँ’, उनले भने ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  १ : ३१ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको