विभिन्‍न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

विभिन्‍न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।  दाङको घोराही उपमहानगरपालिका-१६ बैरबटुवा शिवशक्ति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बैरबटुवा बस्ने २१ वर्षीय भुवन डाँगी र सोही उपमहानगरपालिका-१० नारायणपुर बस्ने २० वर्षीय प्रवेश रोका रहेका छन् । जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट खटिएको प्रहरीले रा.५ प ७२५० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

कैलालीको धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट २ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसगुरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने ४० वर्षीय ओम अधिकारी र सोही ठाउँ बस्ने २२ वर्षीय भुपेन्द्र मिश्र रहेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो । 

धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागुऔषध ब्राउनसगुर २ सय ६० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने १८ वर्षीय किशोर र जोशीपुर गाउँपालिका-४ बस्ने २० वर्षीय असिम सागर चौधरी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ३ : ३४ बजे

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज

सडक क्षेत्रका अवैध संरचना हटाइँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज– नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन्

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण