विभिन्‍न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

विभिन्‍न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।  दाङको घोराही उपमहानगरपालिका-१६ बैरबटुवा शिवशक्ति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बैरबटुवा बस्ने २१ वर्षीय भुवन डाँगी र सोही उपमहानगरपालिका-१० नारायणपुर बस्ने २० वर्षीय प्रवेश रोका रहेका छन् । जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट खटिएको प्रहरीले रा.५ प ७२५० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

कैलालीको धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट २ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसगुरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने ४० वर्षीय ओम अधिकारी र सोही ठाउँ बस्ने २२ वर्षीय भुपेन्द्र मिश्र रहेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो । 

धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागुऔषध ब्राउनसगुर २ सय ६० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने १८ वर्षीय किशोर र जोशीपुर गाउँपालिका-४ बस्ने २० वर्षीय असिम सागर चौधरी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ३ : ३४ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय