निर्माणाधीन समिट अपार्टमेन्ट वरपरका घर भासिए, स्थानीय मारमा « Khabarhub

निर्माणाधीन समिट अपार्टमेन्ट वरपरका घर भासिए, स्थानीय मारमा


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट वरपरका घर भासिएका छन्।  निर्माणधीन अपार्टमेन्टका कारण ति घर भत्किएका र भासिएका स्थानीयले दाबी गरेका छन्।  

चौधरीको समिट अपार्टमेण्टको जग खन्ने क्रममा दुई वटा घर ध्वस्त भएको छन् । एउटा छ तले घरको भुइँतल्ला जमिनमुनि भासिएको छ भने आधा दर्जनबढी घरमा क्षति पुगेको जनाइएको छ ।

अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घरहरू भासिएपछि भागदौड गर्ने क्रममा कतिपय मानिस घाइतेसमेत भएका छन्।  हिजो राति पीडित बनेका आधा दर्जन घरधनी र स्थानीय विरोधमा स्थानीयहरु उत्रिएका हुन् । विनोद चौधरीले गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउन थालिएको स्थानीयहरुको आरोप छ ।

गैरकानुनी ढंगले अपार्टमेन्ट बनाएर आफ्नो निजी सम्पत्तिमा क्षति पुर्‍याउने काम गरेको भन्दै स्थानीयहरुले गुनासो गरेका छन् । ललितपुर महानगरले चौधरीको कम्पनीले नियमानुसारको निवेदन, प्रक्रिया र निर्माण स्वीकृति नलिई काम थालेको महानगरले जनाएको छ ।

आफ्नो मनमानी ढंगले विनोद चौधरीले अपार्टमेन्ट बनाउन थालेपछि महानगर कारबाही गर्न एक्सनमा उत्रिएको छ । आइतबार बिहान महानगरका प्रमुख चिरीबाबु महर्जनले चौधरीसँग यसबारे छलफल गरेका छन् । 

यसैबीच, ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरूले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छिन्। 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ४ : २४ बजे

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र