निर्माणाधीन समिट अपार्टमेन्ट वरपरका घर भासिए, स्थानीय मारमा « Khabarhub

निर्माणाधीन समिट अपार्टमेन्ट वरपरका घर भासिए, स्थानीय मारमा


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट वरपरका घर भासिएका छन्।  निर्माणधीन अपार्टमेन्टका कारण ति घर भत्किएका र भासिएका स्थानीयले दाबी गरेका छन्।  

चौधरीको समिट अपार्टमेण्टको जग खन्ने क्रममा दुई वटा घर ध्वस्त भएको छन् । एउटा छ तले घरको भुइँतल्ला जमिनमुनि भासिएको छ भने आधा दर्जनबढी घरमा क्षति पुगेको जनाइएको छ ।

अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घरहरू भासिएपछि भागदौड गर्ने क्रममा कतिपय मानिस घाइतेसमेत भएका छन्।  हिजो राति पीडित बनेका आधा दर्जन घरधनी र स्थानीय विरोधमा स्थानीयहरु उत्रिएका हुन् । विनोद चौधरीले गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउन थालिएको स्थानीयहरुको आरोप छ ।

गैरकानुनी ढंगले अपार्टमेन्ट बनाएर आफ्नो निजी सम्पत्तिमा क्षति पुर्‍याउने काम गरेको भन्दै स्थानीयहरुले गुनासो गरेका छन् । ललितपुर महानगरले चौधरीको कम्पनीले नियमानुसारको निवेदन, प्रक्रिया र निर्माण स्वीकृति नलिई काम थालेको महानगरले जनाएको छ ।

आफ्नो मनमानी ढंगले विनोद चौधरीले अपार्टमेन्ट बनाउन थालेपछि महानगर कारबाही गर्न एक्सनमा उत्रिएको छ । आइतबार बिहान महानगरका प्रमुख चिरीबाबु महर्जनले चौधरीसँग यसबारे छलफल गरेका छन् । 

यसैबीच, ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरूले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छिन्। 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ४ : २४ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर