लागूऔषधसहित धनगढीबाट चार जना पक्राउ « Khabarhub

लागूऔषधसहित धनगढीबाट चार जना पक्राउ


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीबाट प्रहरीले लागूऔषधसहित चार युवालाई पक्राउ गरेको छ। धनगढीका विभिन्न स्थानबाट लागूऔषधसहित चार जना युवा पक्राउ परेका हुन्।

धनगढी उपमहानगरपालिका–२ मिलन चोकबाट २ सय मिलिग्राम लागूऔषधसहित दुई जना शनिबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा धनगढी–२ का ४० वर्षीय ओम अधिकारी र सोही स्थानका २२ वर्षीय भुपेन्द्र मिश्र रहेका छन्। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगरसहित दुबै जनालाई पक्राउ गरेको हो।

त्यस्तै धनगढी उपमहानगरपालिका–७ मनेहराबाट लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन्। २ सय ६० मिलिग्रामसहित शनिबार साँझ प्रहरीले धनगढी–७ का १८ वर्षीय किशोर र जोशीपुर गाउँपालिका–४ का २० वर्षीय असिम सागर चौधरीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।

धनगढीका विभिन्न स्थानबाट पछिल्लो समय लागूऔषधी ओसारपसार, बिक्रीवितरण सेवनमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन्। लागूऔषधको जालो सहर हुँदै गाउँसम्मै फैलिएपछि यस कार्यमा संलग्नहरू दैनिक रुपमा पक्राउ पर्न थालेको कैलाली प्रहरीले जनाएको छ। लागूऔषध सेवनकर्ता गाउँगाउँमा रहेको स्थानीयले बताएका छन्।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ५ : ३४ बजे

आन्दोलनमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण योजना बनाउन समितिको कार्यविधि ३० दिन थपिने

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक

तस्बिरमा हेर्नुहोस्, कर्णाली र पोखराको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्स पोखरा एभेन्जर्सले

एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी

एजेन्सी– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे रहेको व्यापक उत्साहका बीच यसको प्रभावले

एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

टक्सार– यहाँको हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज भएको एम्बुलेन्स दुर्घटनाका घाइते

पोखराले गुमायो पहिलो विकेट, कप्तान भुर्तेल आउट

काठमाडौं- पोखरा एभेन्जर्सको पहिलो विकेटका रुपमा ओपनर तथा कप्तान कुशल