लागूऔषधसहित धनगढीबाट चार जना पक्राउ « Khabarhub

लागूऔषधसहित धनगढीबाट चार जना पक्राउ


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीबाट प्रहरीले लागूऔषधसहित चार युवालाई पक्राउ गरेको छ। धनगढीका विभिन्न स्थानबाट लागूऔषधसहित चार जना युवा पक्राउ परेका हुन्।

धनगढी उपमहानगरपालिका–२ मिलन चोकबाट २ सय मिलिग्राम लागूऔषधसहित दुई जना शनिबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा धनगढी–२ का ४० वर्षीय ओम अधिकारी र सोही स्थानका २२ वर्षीय भुपेन्द्र मिश्र रहेका छन्। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगरसहित दुबै जनालाई पक्राउ गरेको हो।

त्यस्तै धनगढी उपमहानगरपालिका–७ मनेहराबाट लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन्। २ सय ६० मिलिग्रामसहित शनिबार साँझ प्रहरीले धनगढी–७ का १८ वर्षीय किशोर र जोशीपुर गाउँपालिका–४ का २० वर्षीय असिम सागर चौधरीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।

धनगढीका विभिन्न स्थानबाट पछिल्लो समय लागूऔषधी ओसारपसार, बिक्रीवितरण सेवनमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन्। लागूऔषधको जालो सहर हुँदै गाउँसम्मै फैलिएपछि यस कार्यमा संलग्नहरू दैनिक रुपमा पक्राउ पर्न थालेको कैलाली प्रहरीले जनाएको छ। लागूऔषध सेवनकर्ता गाउँगाउँमा रहेको स्थानीयले बताएका छन्।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ५ : ३४ बजे

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

टक्सार– कुटपिटबाट यहाँका एक युवकको मृत्यु भएको छ । कुटपिटमा

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

काठमाडौं– नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको

विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौं– ३८ औं संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

काठमाडौं– पशुपतिनाथ क्षेत्रमा भेटिएका एक फ्रान्सेली नागरिकलाई प्रहरीले अध्यागमन विभागमा