पर्यटन सद्भावनादूतको नियुक्ति खारेज « Khabarhub

पर्यटन सद्भावनादूतको नियुक्ति खारेज


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन सद्भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । पर्यटनमन्त्री स्तरको निर्णयबाट यसअघि नियुक्त भएका सबै पर्यटन सद्भावनादूतको नियुक्ति खारेज गरिएको हो ।

पर्यटनमन्त्री सुदन किरातीका अनुसार ‘पर्यटन प्रर्वद्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृति गर्दै प्रक्रिया पूरा गर्ने गरी पुनः नियुक्त हुन सक्ने निर्णय गरी बहाल रहेका सबै सद्भावनादूत खारेज गरिएको छ ।

कार्यविधि नबन्दै यसअघि विभिन्न मुलुकका लागि पर्यटन सद्भावनादूत तोकिएको थियो । अवैतनिक सद्भावना दूतहरुको रुपमा हुने भएकाले विभिन्न लाभ र स्वार्थबाट प्रेरित नभई पारदर्शी ढङ्गले भूमिका निर्वाह होस् भन्ने हेतुले व्यवस्थित गर्न लागिएको मन्त्रालयले जनाएको छ  ।

मन्त्रालयले ‘सद्भावनादूत’ भन्ने स्थानमा ‘पर्यटन प्रर्वद्धक’ भन्ने शब्द राख्ने गरी कार्यविधि बनाएको हो । यसैगरी, नेपालगञ्जबाट भारतका विभिन्न सहरमा उडान पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय भएको मन्त्रालयले उल्लेख गरेको छ । 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : ४४ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर