मिटरब्याज पीडित र सरकारबीच पहिलो चरणको वार्ता, भाेलि फेरि हुने « Khabarhub

मिटरब्याज पीडित र सरकारबीच पहिलो चरणको वार्ता, भाेलि फेरि हुने


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मिटरब्याज पीडित र सरकारी टोलीबीच पहिलो चरणको वार्ता भएको छ ।

आइतबार काठमाडौँको शान्तिबाटीकामा भएको वार्ताका क्रममा मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई आफ्ना मागहरूका विषयमा जानकारी गराएका छन् ।

मिटरब्याज पीडितको माग सुनेपछि सरकारी टोलीले मागका बारेमा अध्ययन गर्ने र सोमबार पुन वार्तामा बस्ने जनाएका छन् ।

वार्ताका लागि गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत नेतृत्वको टोली शान्तिबाटीका पुगेको थियो । गृहका प्रवक्ता बस्नेतले पहिलो दिन परिचयात्मक कार्यक्रम भएको र पीडितहरूको माग सहितको पत्र प्राप्त भएको जानकारी दिए ।

उनले सरकारको तर्फबाट ५ जनाको टोली बनेको र पीडितको वार्ता टोली १९ जनाबाट घटाउन आग्रह गरेको बताए ।

सोमबार पीडितको मागपत्रलाई आधार बनाएर गृह मन्त्रालयमा छलफल हुने सहमति भएको उनको भनाइ छ ।

त्यस्तै पीडितको तर्फबाट अवदेश कुशवाहाले सरकारले आफ्नो मागलाई गम्भीर पूर्वक सुनेपछि आगामी वार्ताले माग पुरा हुने वा नहुने टुङ्गो लाग्ने बताए ।

उनले सरकारसँग थप छलफल र वार्ताका लागि आवश्यक सहजीकरणका साथ प्रस्तुत हुने बताए । चक्रवृति तथा मिटर व्याजीलाई कारबाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगायतमा माग राख्दै पीडितहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : ५३ बजे

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल