बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली | Khabarhub Khabarhub

बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउने सन्देश प्रवाह गर्दै आज भक्तपुरमा सद्भाव ¥याली आयोजना गरिएको छ ।

भक्तपुरमा भोलि चैत २७ गतेदेखि सुरु हुने बिस्का जात्रालाई ढुङ्गा हानाहान नगरी शान्तिपूर्ण रुपमा भव्यसँग मनाउने सन्देश प्रवाह गर्दै आज दत्तात्रय इनाय टोल र दूधपाटीबाट एकैसाथ सुरु भएको ¥याली पाँचतले मन्दिर प्राङ्गण तौमढीमा पुगेर सभामा परिणत भएको थियो ।

‘बिस्केट जात्रा शान्तिपूर्ण रुपमा मनाऔँ’ भन्ने नारा लगाउँदै भएको ¥यालीमा सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सहायक प्रजिअ माधवप्रसाद शर्मा, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, विभिन्न विद्यालय एवं क्याम्पसका विद्यार्थी, नेपाल स्काउट, क्लब, सहकारी, विभिन्न सङ्घसंस्थाका सयौँ व्यक्ति सहभागी ¥याली तौमढी पुगेको थियो ।

सद्भाव सभामा सांसद सुवालले विश्व प्रसिद्ध यो जात्रालाई विकृतिरहित ढङ्गले शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आह्वान गर्दै जात्रालाई भड्किलो नबनाई मितव्ययिता बनाउन आग्रह गरे।

भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले बिस्का जात्रा भक्तपुरको गौरव बोकेको जात्रा भएको बताउँदै जात्राबारे सबैलाई जानकारी दिन स्थानीय पाठ्यक्रम निर्माण गरी भक्तपुरका ९२ वटै विद्यालयहरुमा यसको पढाइ भएको बताए ।

कार्यक्रममा भक्तपुरका प्रजिअ रिजालले बिस्का जात्रा भक्तपुरवासी र नेपालकै पहिचान र गौरव बोकेको जात्राका रुपमा रहेकाले यसलाई शान्तिपूर्ण बनाउन सबैले हातेमालो गर्नु आवश्यक रहेको बताए । उनले जात्रामा हुने अवाञ्छित र उच्छृङ्खखल गतिविधिमाथि सिसी क्यामेराबाट निगरानी गरी कारबाही गरिने स्पष्ट पारे । गुठी संस्थान भक्तपुरका प्रमुख खिमा वलीले जात्राको आवश्यक तयारी सबै पूरा गरेको बताए।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : ०९ बजे

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने