मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माण लागि सम्झौता « Khabarhub

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माण लागि सम्झौता


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोशी प्रदेश सरकारले सुरु गरेको मुख्यमन्त्री अत्यावश्क सेवा केन्द्र निर्माणका लागि सम्झौता गर्न शुरु गरिएको छ । एक सेवा केन्द्रको पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पारित गरिएको छ भने दुईवटा केन्द्र निर्माणका लागि आन्तरिक माामिला मन्त्रालय र स्थानीय तहबीच सम्झौता भएको छ ।

झापाको अर्जुनधारा नगरपालिकामा निर्माण गर्न लागिएको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको भवनलगायत आवश्यक पूर्वाधार निर्माणका लागि तयार पारिएको डिपिआर आज पारित गरिएको मुख्यन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।

उक्त क्षेत्रका चारवटा पालिकाहरु अर्जुनधारा, कनकाई र विर्तामोड नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकालाई सेवा उपलब्ध गराउने गरी सेवा केन्द्र स्थापना गर्न यसअघि नै आन्तरिक माामिला तथा कानुन मन्त्रालय र स्थानीय तहहरुबीच सम्झौता भएको थियो ।

त्यसैगरी मोरङको रङ्गेली नगरपालिकाको दर्वेशा र तेह्रथुमको आठराई गाउँपालिकाको वडा नं १ पुरानो बजारमा केन्द्र निर्माण गर्ने गरी आज आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीय तहहरुबीच सम्झौता भएको सल्लाहकार विष्टले जानकारी दिए ।

रङ्गेलीमा निर्माण गरिने सेवा केन्द्रले दक्षिणपूर्वी मोरङका रङ्गेली, सुनवर्षि, कानेपोखरी र धनपालथान गाउँपालिकालाई सेवा उपलब्ध गराउनेछ भने तेह्रथुमको आठराईमा निर्माण गरिने सेवा केन्द्रले आठराई र फेदाव गाउँपालिकालाई सेवा उपलब्ध गराउनेछ ।

सेवा केन्द्र निर्माणका लागि आवश्यक निर्देशिकासमेत मन्त्रिपरिषद्ले पारित गरिसकेको छ । पूर्वाधार निर्माणपछि सञ्चालनमा आउने मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रबाट वारुणयन्त्र, एम्बुलेन्स, प्रहरी लगायतका सेवाहरु एकीकृत रुपमा उपलब्ध गराइनेछ । विशेष गरेर स्थानीय तहहरुमा विपद् व्यवस्थापनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारले सेवा केन्द्र सञ्चालनमा ल्याउन लागेको हो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : २८ बजे

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई