इलाम साहित्य महोत्सव सुरु « Khabarhub

इलाम साहित्य महोत्सव सुरु


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्यटनका लागि साहित्य भन्ने नारासहित इलाममा आइतबारदेखि इलाम साहित्य महोत्सव २०७९ सुरु भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा दुई दिने महोत्सव सुरु भएको हो । महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गरे ।

महोत्सवको पहिलो दिन आज राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलले अङ्क, अर्थ र आध्यात्म विषयमा सम्भाषण व्यक्त गर्नुभयो । दोस्रो कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे र लेखक खगेन्द्र सङ्ग्रौलाबीचमा राजनीतिमा एजेण्डा कि अनुहार विषयमा राजनीतिक बहस गरिएको थियो । युवराज अधिकारी, विश्वविमोहन श्रेष्ठ र सविता गौतम दाहालबीच लेखन सफल कि सार्थक विषयमा सम्बाद गरिएको थियो ।

कविहरु तीर्थ श्रेष्ठ लीला अनमोल र भूपिनबीचमा कवितामा स्थानीय चेतका विषयमा सम्वाद आयोजना गरिएको थियो । सोमबार सम्पन्न हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारको बाक्लो उपस्थिति रहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : ४० बजे

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई