फ्रान्समा हिमपहिरोमा परी चार जनाको मृत्यु « Khabarhub

फ्रान्समा हिमपहिरोमा परी चार जनाको मृत्यु


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणपूर्वी फ्रान्सको मोन्ट ब्लाङ्क नजिकै आइतबार गएकोे हिमपहिरोमा परी चार जनाको मृत्यु भएको फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले बताएका छन् ।

डार्मानिनले ट्वीटरमा लेखेका छन्, “हिम पहिरो गएको सूचना पाउदासाथ विपद् व्यवस्थापन टोलीहरू घटनास्थलमा पठाइएको छ । उनीहरूले अझै काम गरिरहेका छन् ।”

उनले उक्त स्थानमा करिब एक दर्जन व्यक्ति रहेको सूचनाका आधारमा उद्धारकार्य जारी राखिएको तर घटनास्थलबाट कसैलाई जीवित उद्धार गर्नसक्ने आशा क्षीण बन्दै गएको बताए ।

एक हजार मिटर लामो र १०० मिटर चौडाइको हिमपहिरोमा परी मृत्यु भएका चार जनाबाहेक अन्य नौ जना पनि उनीहरूसँगै गएको हाउटे–सावोई विभागका अधिकारीले जनाएका छन् ।

हिमपहिरोपछि सम्पर्कमा आउन नसकेका व्यक्तिहरू एक वा धेरै समूहमा ‘ग्लेसियर डी’आर्मनसेट नजिकै हाइकिङ गरिरहेका थिए ।

हिमपहिरो पहिले मेटियो फ्रान्स नामक मौसमसम्बन्धी संस्थाले उक्त क्षेत्रमा हिमस्खलनको चेतावनी जारी गरेको थिएन । राष्ट्रपति इम्यानुएल म्याक्रोँले ट्वीटरमा एक सन्देश लेख्दै घटनाले आफुलाई दुःखी बनाएको बताएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : ५९ बजे

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई